• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु भन्ने अमरेशकुमार सिंहले भने: बालेनले हुकुमी शासन चलाए

      सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?

      ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियो : श्रेष्ठ

      विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

      केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

      गोरखा ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग

      मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

      पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न

      राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री

      फैसला कार्यान्वयनका लागि छुट्टै ऐन आवश्यक : मन्त्री गौतम

      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन राजीनामा

      प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणसँगै उद्धार र राहतको विषयमा छलफल भयो : बासना थापा

      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति अधिकारकर्मी आक्रोशित, शब्द फिर्ता लिएर माफी माग्न माग

      संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

      नयाँ एक्स्काभेटरको प्रयोगले चिलिमे टनेलभित्र उद्धारमा सहज

    होमपेज /  समाचार

    फैसला कार्यान्वयनका लागि छुट्टै ऐन आवश्यक : मन्त्री गौतम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २५, बिहिबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसला कार्यान्वयनको अवस्था न्यून हुनु गम्भीर विषय भएको बताएकी छन् । उनले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन एकीकृत प्रकृतिको छुट्टै ऐन आवश्यक रहेको बताएकी हुन् ।

    बिहीबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजनासम्बन्धी फैसला कार्यान्वयन निर्देशनालयसँगको छलफलमा बोल्दै मन्त्री गौतमले अदालतबाट फैसला भएपछि त्यसको कार्यान्वयन नहुँदा पीडामाथि पीडा थपिने बताइन् ।

    उनले भनिन्, ‘फैसला कार्यान्वयन हुन्छ तर अदालतमा पनि धेरै ब्याकलकहरू भइरहेका छन् । फैसलाहरू हुनको लागि वर्षौँ लाग्यो भन्ने महसुस जनतालाई भइराखेको छ । प्रक्रिया नै पीडादायी छ । एउटा पीडामा परेको मान्छेले अदालतबाट अन्तिम फैसला पाउनको लागि कति वर्षौँसम्म कुर्नुपर्छ अनि बल्लबल्ल फैसला भयो भने पनि कार्यान्वयन नहुँदा पीडामाथि पीडा हुन्छ ।’

    मन्त्री गौतमले अदालतमा रहेको ब्याकलक घटाउनुका साथै अदालतबाट भएका फैसलाको कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधान गर्नुपर्ने बताइन् । फैसला कार्यान्वयनमा मुख्य समस्या ‘इम्प्लिमेन्टेसन ग्याप’ रहेको उनको भनाइ छ ।

    मन्त्री गौतमले फैसला कार्यान्वयनको विद्यमान संस्थागत संरचनालाई समेत पुनरावलोकन गर्नुपर्ने बताइन् । अहिलेको परिवेशमा पुरानै ढाँचाबाट फैसला कार्यान्वयन गर्न कठिन रहेको भन्दै नयाँ मोडलमा संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

    उनले भनिन्, ‘फैसला कार्यान्वयनसम्बन्धी इन्स्टिच्युसनल आर्किटेक्चर नै अब नयाँ तरिकाले बनाउनुपर्ने जस्तो देखिन्छ । धेरै वर्षदेखि एउटा तौरतरिकाले चल्यौं तर अहिलेको परिवेशमा फैसला कार्यान्वयन यही ढङ्गले जान सक्ने स्थिति छैन।’

    न्यायको हक फैसला कार्यान्वयन भएपछि मात्र सुनिश्चित हुने भन्दै उनले फैसला कार्यान्वयनलाई न्याय प्रणालीको सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘राइट टु जस्टिस त्यतिबेला मात्रै हुन्छ, जतिबेला यो इफेक्टिभ इन्फोर्समेन्ट अफ जजमेन्ट हुन्छ । राइट टु जस्टिस त जजमेन्ट इन्फोर्समेन्ट नै भएन भने कसरी इन्स्योर गर्न सक्छौँ, संविधानमा लेखिएको हामीले न्यायको हक कसरी सुनिश्चित गर्न सक्छौँ ? त्यही भएर कार्यान्वयनमा सबैभन्दा बढी ध्यान दिनुपर्ने नै छ ।’

    मन्त्री गौतमले छरिएर रहेका विभिन्न कानुनका आधारमा फैसला कार्यान्वयन भइरहेको अवस्थामा अब एकीकृत प्रकृतिको फैसला कार्यान्वयनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

    संघीयता कार्यान्वयनसँगै स्थानीय तहका न्यायिक समितिसहित न्याय निरूपणका विभिन्न संयन्त्र रहेकाले ती सबै संरचनालाई फैसला कार्यान्वयनसँग जोडेर प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

    उनले फैसला कार्यान्वयनमा ढिलाइ हुँदा न्याय प्रणालीप्रतिको जनविश्वाससमेत कमजोर हुने बताइन् । संघीयताअनुसार आवश्यक संरचना निर्माण गरी फैसला कार्यान्वयनलाई जरासम्म जोड्नुपर्ने उनको भनाइ छ ।

    मन्त्री गौतमले फैसला कार्यान्वयनका लागि ‘टाइम–बाउन्ड मेकानिजम’ आवश्यक रहेको पनि बताइन् । अदालतबाट फैसला हुन वर्षौँ लाग्ने र फैसला भइसकेपछि पनि दशकौँसम्म कार्यान्वयन नहुने अवस्था अन्त्य गर्नुपर्ने उनले बताइन् ।

    मन्त्री गौतमले सूचना प्रविधिको प्रयोगमार्फत फैसला कार्यान्वयनलाई पारदर्शी र प्रभावकारी बनाउन सकिने बताइन् । जिल्ला, उच्च र सर्वोच्च अदालतका साथै सरकारले गर्नुपर्ने कामसमेत डिजिटल प्रणालीमार्फत आपसमा जोड्न सके फैसला कार्यान्वयनको अवस्था सहजै अनुगमन गर्न सकिने उनको भनाइ छ ।

    फैसला कार्यान्वयनमा देखिएको समस्याको पछाडि कानुनी तथा नीतिगत अस्पष्टता पनि रहेको हुनसक्ने भन्दै उनले अब त्यस विषयमा सरकार गम्भीर भएर काम गरिरहेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?

    पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न

    राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री

    प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणसँगै उद्धार र राहतको विषयमा छलफल भयो : बासना थापा

    संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

    नयाँ एक्स्काभेटरको प्रयोगले चिलिमे टनेलभित्र उद्धारमा सहज

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु भन्ने अमरेशकुमार सिंहले…

    सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले…

    ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा…

    विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

    उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद…

    विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन :…

    राष्ट्रियसभा बैठक बस्दै

    सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई…

    आर्थिक

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑