सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भदौ २० । छैठौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को ओभरअल उपाधि सगेन्द्र सिंहले जितेका छन्।
काठमाडौं बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगितामा कालीमाटीस्थित डिभाइन फिजिकल फिटनेस सेन्टरबाट सहभागी सिंहले पुरुष बडीबिल्डिङको ८० केजी तौल समूहमा प्रथम हुँदै ओभरअल विजेताको उपाधि हात पारेका हुन्।
पुरुष बडीबिल्डिङतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० तथा ८० केजीभन्दा माथिका सात तौल समूहमा प्रतिस्पर्धा भएको थियो।
५५ केजीमा महेन्द्रबहादुर थापा मगर, ६० केजीमा सुजन थापा, ६५ केजीमा सुरब थापा, ७० केजीमा नवीन श्रेष्ठ, ७५ केजीमा सागर श्रेष्ठ, ८० केजीमा सगेन्द्र सिंह र ८० केजीभन्दा माथिको समूहमा ललित धिमाल प्रथम भए।
प्रतियोगितामा पुरुष बडीबिल्डिङबाहेक मेन्स स्पोर्ट्स फिजिक, मेन्स एथलेटिक फिजिक, महिला एथलेटिक फिजिक, महिला शारीरिक सुगठन, जुनियर तथा मास्टर्स विधामा पनि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
मेन्स स्पोर्ट्स फिजिकमा १७० सेमीभन्दा कम उचाइतर्फ ज्ञानेश्वर चौधरी र १७० सेमीभन्दा माथि अशिम सिंह थापा प्रथम भए। मेन्स एथलेटिक फिजिकमा १७० सेमीभन्दा कम उचाइमा सुमन राई तथा १७० सेमीभन्दा माथि शंकर गुरुङ विजेता बने।
महिला फिजिकतर्फ जुनी राई प्रथम, सृजना घिसिङ दोस्रो र शान्ता पालिखेल तेस्रो भए। महिला बडीबिल्डिङमा रिपु घर्ती प्रथम भइन्।
जुनियरतर्फ सर्वेश सुनार प्रथम, बिवस पुरी दोस्रो र मुकेश मलिक तेस्रो भए भने मास्टर्सतर्फ रमेश अधिकारी प्रथम, दीपककुमार तिम्सिना दोस्रो र नवराज डुम्रे तेस्रो भए।
प्रतियोगितामा पुरुष बडीबिल्डिङका प्रत्येक तौल समूहका विजेतालाई ४० हजार, उपविजेतालाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। ओभरअल विजेताका लागि ५ लाख रुपैयाँ पुरस्कार राशि राखिएको थियो।
प्रतियोगितामा काठमाडौंसहित झापा, मोरङ, पोखरा, चितवन, बुटवल, भैरहवा, इटहरी, विराटनगर, नेपालगन्ज, कञ्चनपुर, कैलाली, तनहुँ, काभ्रे, पर्सा, भक्तपुर र ललितपुरलगायत विभिन्न स्थानका जिम तथा फिटनेस सेन्टरबाट खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
काठमाडौं बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनका अध्यक्ष सुरेश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य रजनी श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिइन्।
आयोजकका अनुसार प्रतियोगिताले बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्समा आबद्ध खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने तथा प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा