• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    •  एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख सहयोग

      आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण : ‘मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो’

      ‘जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको छ’ : प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

      सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही

      हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीडा सगरमाथाभन्दा अग्लो छ : सांसद राई

      संसद्‌मा सरकारलाई आङदेम्बेको प्रश्न– सुरुङभित्र भएको मृत्यु हो कि हत्या ? (पूर्णपाठ)

      प्रधानमन्त्री आउनुहुन्छ कसैको अनुहार नहेरी जानुहुन्छ , यो के तरिका हो ? : प्रचण्ड

      प्रचण्डको आरोपः‘सरकार उद्धार र जनपरिचालनमा असफल भयो’

      चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ

      भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप

      प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८ करोडभन्दा बढी रकम जम्मा

      उपत्यकामा होटल तथा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक

      त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पा¥यो : सांसद पराजुली

      जमिनमुनि व्यवस्थापन गरिएको शवको डीएनए आधार सुरक्षित राखिएको छ :प्रधानमन्त्री शाह

      विपत्तिमा विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

    होमपेज /  समाचार

    सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १७, बुधबार (५३ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • चिलिमे सुरुङमा उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना, ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’

    सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्को समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा सरकारलाई सहयोग गर्दै नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद शाहीले सर्वदलीय बैठकमा पनि विपद्को समयमा सरकारलाई कसरी सहयोग गर्ने, सरकारले कहाँ–कहाँ र कसरी काम गर्ने तथा सबै राजनीतिक दल कसरी एकजुट हुने भन्ने विषयमा छलफल भएको बताए ।

    ‘सरकारलाई यो विपद्को बेला हामी साथ दिइरहेका छौँ। यतिखेरको समय भनेको हामी सबै मिलेर नागरिकलाई कसरी बचाउने, बेपत्ता भएका मानिसहरूलाई कसरी खोज्ने र पीडितहरूको आँसु कसरी पुछ्ने भन्ने विषय हो। हामी सरकारको साथमा छौँ। सरकारको काँधमा काँध मिलाइरहेका छौँ,’ उनले भने ।

    सांसद शाहीले विपद्मा पीडितको आँसु पुछ्ने तथा क्षतिग्रस्त घरहरू पुनर्निर्माण गरी नागरिकलाई पुनः सामान्य अवस्थामा फर्काउने जिम्मेवारी पनि सबैको भएको बताए।

    ‘यो विपद् कसैले बोलाएर ल्याएको होइन। कसैले आउनू भनेर आएको पनि होइन। यो विपद् अकस्मात् आएको हो,’ उनले भने।

    उनले विपद्पछि राज्यका संयन्त्रहरू परिचालित भए पनि चिलिमे सुरुङमा रहेका मानिसहरूको उद्धारमा पर्याप्त तदारुकता नदेखिएको आरोप लगाए।

    शाहीका अनुसार बाढी आएको दिन दिउँसो २ बजेभित्रै आफू गृह मन्त्रालय पुगेर विपद् व्यवस्थापन शाखालाई सुरुङभित्र मानिसहरू रहेको र उनीहरूको फोन नम्बरसमेत उपलब्ध गराएको जानकारी दिए । उनले गृहमन्त्रीलाई समेत यसबारे जानकारी गराएको तर उक्त सूचना समयमा सुनुवाइ नभएको दाबी गरे ।

    उनका अनुसार ७२ घण्टापछि मात्र सुरुङमा अनुगमन टोली पुगेको थियो भने ९६ घण्टापछि उद्धार टोली पुगेको थियो । उक्त उद्धार टोली सरकारको नभई आफूहरूले पठाएका पर्वतारोहीहरू रहेको उनले बताए ।

    ‘जो आफैँ पीडित हो, त्यही मानिसलाई हेलिकप्टरमा हालेर सुरुङको मुख्य द्वारसम्म लगेर गयौँ। त्यस्तो अवस्था सिर्जना भयो,’ उनले भने ।

    सांसद शाहीले जनप्रतिनिधिसँग राज्यका स्रोतसाधन परिचालन गर्ने तथा उद्धार टोली खटाउने कार्यकारी अधिकार नरहेको बताए । त्यस्तो अधिकार सरकार र सम्बन्धित मन्त्रीसँग भएकाले आफूहरूले सोहीअनुसार आग्रह गर्दै आएको उनको भनाइ थियो ।

    ‘हामी जनताका जनप्रतिनिधि हौँ, तर राज्यका स्रोत र साधन परिचालन गर्ने, उद्धार टोली खटाउने कार्यकारी अधिकार हामीसँग छैन। कार्यकारी अधिकार माननीय मन्त्रीज्यूहरूसँग छ। हामीले त्यही मागिरहेका हौँ,’ उनले भने ।

    उनले उपकरण खरिद तथा उद्धारका लागि आवश्यक प्रविधि परिचालन गर्ने अधिकार पनि आफूहरूसँग नरहेको बताए । सुरुङभित्र गएर उद्धार गर्ने विषयमा आफू विज्ञ नभएको भन्दै बाहिर गएर फोटो खिच्न मात्र आफू नजाने उनले बताए ।

    सांसद शाहीले सुरुङमा उद्धारका लागि प्रयोग गर्न सकिने मिनी स्काभेटर समयमै उपलब्ध गराउन नसकिएको आरोप पनि लगाए । उनका अनुसार सामान्य अवस्थामा पाँच घण्टाभित्र देशभित्रै वा छिमेकी राष्ट्रबाट विमानमार्फत मिनी स्काभेटर ल्याएर सुरुङ मार्गसम्म पु¥याउन सकिने अवस्था हुँदाहुँदै उपकरण उपलब्ध हुन लामो समय लागेको बताए ।

    ‘हामीले सामान्य अवस्थामा पाँच घण्टाभित्र हाम्रो देशभित्रबाट वा छिमेकी राष्ट्रबाट विमानमार्फत मिनी स्काभेटर ल्याएर सुरुङ मार्गसम्म पु¥याउन सक्ने अवस्था हुँदाहुँदै २४ घण्टा, ४८ घण्टा, ९६ घण्टा र १४४ घण्टापछि मात्रै मिनी स्काभेटर उपलब्ध भयो,’ उनले भने।

    प्रधानमन्त्रीले संसद्मा सुरुङभित्र जमेको हिलोमा पठाउन सकिने प्रविधि संसारमा नरहेको बताएको प्रसंग उल्लेख गर्दै शाहीले त्यसको प्रतिवाद गरे । उनले संसारका विभिन्न ठाउँमा यस्तो प्रविधिबाट काम भइरहेको दाबी गरे।

    ‘आज प्रधानमन्त्री संसद्मा बोल्नुहुन्छ, हिलोभित्र पसेको सुरुङमार्गभित्र पठाउने प्रविधि संसारमा छैन। तर म दावाका साथ भन्न सक्छु, संसारभरि काम भइरहेको छ। अहिले खोज्नुस् च्याटजीपीटीमा, अहिले खोज्नुस् गुगलमा, संसारभरि छ, संसारभरि काम भइरहेको छ,’ उनले भने।

    सांसद शाहीले आफूले कुनै दल, व्यक्ति वा पार्टीप्रति आरोप लगाउन नभई सुरुङभित्र अझै आफ्ना आफन्तहरू रहेको विषयमा सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।

    उनले सुरुङबाट जीवितै बाहिर आएका जुम्लाका पाँच जनासँग सरकारले उनीहरूको अवस्थाबारे जानकारी नलिएको आरोप पनि लगाए।

    ‘अहिले पनि म जीवित मान्छे ल्याएर खडा गर्न सक्छु संसद्मा, यदि संसद्ले दियो भने। जुम्लाका पाँच जना जीवित मान्छे सुरुङभित्रैबाट आएका छन् । ती मान्छेहरूसँग पनि सरकारले एक पटक सोधेन—तिमीहरूको अवस्था के थियो?’ उनले भने।

    शाहीले ती पाँच जनासहित अन्य केही मानिसलाई आफूहरूले व्यक्तिगत खर्चमा उद्धार गरी घर पठाएको बताए । ‘हामीले धेरै मान्छेको जीवन बचाउन सक्थ्यौँ, तर सकिरहेका छैनौँ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीडा सगरमाथाभन्दा अग्लो छ : सांसद राई

    प्रचण्डको आरोपः‘सरकार उद्धार र जनपरिचालनमा असफल भयो’

    चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ

    भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप

    त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पा¥यो : सांसद पराजुली

    जमिनमुनि व्यवस्थापन गरिएको शवको डीएनए आधार सुरक्षित राखिएको छ :प्रधानमन्त्री शाह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

     एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड…

    आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण :…

    ‘जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको छ’…

    सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८…

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव…

    आर्थिक

     एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख सहयोग

    खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑