• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित, सयौं बेपत्ता : १८ विद्यालय ध्वस्त

      रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ

      राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

      प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाखभन्दा बढी सहयोग

      सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली

      बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला, चार हजार २०० अझै बेपत्ता

      दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने–भारत सधै नेपालको साथमा छ, उद्धारमा सघाउँछौं

      सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

      एक हजार एक सय २२ किलो गाँजासहित तीन जना पक्राउ

      चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ?

      ब्रेकर लिएर ४२ जना सम्पर्कविहीन भएको माथिल्लो त्रिशूली–३ ‘ए’ जाँदै गृहमन्त्री सुधन गुरुङ

      बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरियो टिचिङ अस्पतालको भित्ता

      कांग्रेस संसदीय दलको बैठक : बाढीपीडितका लागि सांसदको आधा महिनाको तलब राहत कोषमा जम्मा गरिने

      भोटेकोशी बाढीपछिको खोज–उद्धारबारे प्रधानसेनापतिसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ

      सुनको मूल्य घट्यो

    होमपेज /  समाचार

    सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १५, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४२ पटक पढिएको
  • सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली

    बाढीपीडितका लागि एमाले १ करोड २० लाख रुपैयाँ संकलन गर्ने 

    काठमाडौं । नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ ।

    सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका हुन् ।

    रकम बुझ्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए ।

    उनले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष राहत पुग्न नसकेको भन्दै छिटोछरितो रूपमा पीडितसम्म राहत पुर्याउनुपर्नेमा जोड दिए ।

    ओलीले भने, ‘केन्द्र सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत जम्मा भएको छ । तर जनता भोकै छ, राहत पुग्न पाएको छैन । यस्तो स्थिति छ । यो स्थितिलाई न्यून गरौं, अन्त्य गरौं भनेर पहल एवम प्रयास गरिरहेका छौं ।’

    उनले एमालेले सरकारको भर नपरी आफ्नै खर्चमा समेत राहत वितरण गरिरहेको बताए । एमालेले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने र आवश्यकताअनुसार खर्च गर्ने निर्णय गरेको पनि ओलीले जानकारी दिए ।

    उनले भने, ‘साँचै पीडितकहाँ पुर्याउने कि सरकारको कोषमा देखाउने, कोषलाई पैसा चाहिएको होइन, पीडितलाई राहत पुर्याउन खोजेको हो । कुन माध्यमबाट छिटोछरितो ढङ्गले यथार्थ पीडितकहाँ यथार्थ राहत पुग्छ, त्यही बाटो अवलम्बन गर्छौं ।’

    ओलीले विपद्का बेला सबैले दिल खोलेर सहयोग गर्नुपर्ने बताए । उनले उद्धारका लागि निजी हेलिकप्टर तथा तालिमप्राप्त जनशक्तिको समेत प्रभावकारी उपयोग गर्नुपर्ने धारणा राखे ।

    ‘उद्धार गर्न उत्सुकहरू छन्, उद्धारका निम्ति तालिम लिएका मान्छेहरू छन्। त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने, तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे,’ उनले भने ।

    अध्यक्ष ओलीले पछिल्लो विपद्लाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा व्याख्या गर्दै नेपालजस्ता जलवायु परिवर्तनको असरबाट बढी प्रभावित मुलुकलाई विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने बताए ।

    ‘वातावरण विनाशका लागि योगदान नगरेका हामी र हामीजस्ता साना तथा भल्नरेबल देशहरूले त्यसको क्षति बेहोर्नुपर्ने अवस्था छ। विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्छ,’ ओलीले भने ।

    उनले वातावरण विनाशसँग सम्बन्धित क्षतिपूर्तिका विषयमा संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संस्थाहरूले स्पष्ट नियम र मापदण्ड तत्काल बनाउनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाखभन्दा बढी सहयोग

    बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला, चार हजार २०० अझै बेपत्ता

    एक हजार एक सय २२ किलो गाँजासहित तीन जना पक्राउ

    बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरियो टिचिङ अस्पतालको भित्ता

    कांग्रेस संसदीय दलको बैठक : बाढीपीडितका लागि सांसदको आधा महिनाको तलब राहत कोषमा जम्मा गरिने

    भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जोखिमबीच उद्धार प्रयास : त्रिशूली–३ ‘ए’ मा यसरी…

    बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित, सयौं बेपत्ता…

    रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे…

    राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

    रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे…

    राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

    दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने–भारत सधै नेपालको साथमा…

    बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न…

    आर्थिक

    सुनको मूल्य घट्यो

    बाढी प्रभावित विद्यार्थी र विद्यालयका लागि ग्रेस इन्टरनेसनलको २५ लाख सहयोग

    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑