सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य सुरु गरिएको छ।
भदौ १० गते बिहान आएको बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका हुन्। उनीहरूको अवस्था पत्ता लगाउन नेपाली सेनाको हेलिकप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली आयोजनास्थलमा परिचालन गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार टोलीले आयोजनास्थलमा हवाई रेकीसहित खोज तथा उद्धारका लागि आवश्यक प्राविधिक काम गरिरहेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार सम्पर्कविहीन ९३ जनामध्ये रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन्। त्यस्तै, दुई जना ज्यालादारी कर्मचारी, शेर्पा हाइड्रो कन्स्ट्रक्सनमा कार्यरत ३५ जना, सीडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना रहेका छन्।
यसअघि आयोजनाको भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिनको प्रयासपछि आफैं बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको थियो।
बाढीका कारण आयोजनास्थलमा ठूलो क्षति पुगेपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको अवस्था अझै यकिन हुन सकेको छैन। उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा