सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् ।
यस अवसरमा श्रद्धालुहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी सप्तऋषिको पूजा–अर्चना तथा तर्पण गर्ने परम्परा छ । गुरु–पुरोहितबाट नाडीमा रक्षाबन्धन (डोरो) बाँध्ने तथा तागाधारीहरूले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा पनि आजै गरिन्छ ।
त्यसैगरी दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्ने तथा दाजुभाइले उपहार र रक्षाको वचन दिने चलन रहेको छ । रक्षाबन्धन र जनैपूर्णिमाले धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा