सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बत क्षेत्रमा आएको भीषण पहिरो र बाढीबाट नेपालतर्फ समेत ठूलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
बुधबार दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ सीमा क्षेत्रमा लेदोसहितको भीषण पहिरोपछि बाढी आएको थियो। त्यसपछि राष्ट्रपति सीले राज्यका सम्पूर्ण संयन्त्रलाई पूर्ण क्षमतामा उद्धार तथा राहत कार्यमा परिचालन गर्न निर्देशन दिएका हुन्।
सीले बाढीको अवस्थाको निरन्तर निगरानी गर्न, प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन तथा वैज्ञानिक ढंगले उद्धार कार्य अघि बढाउन निर्देशन दिएका छन्। सम्भावित दोस्रो विपद् रोक्न आवश्यक सबै उपाय अपनाउनसमेत उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
यसैगरी, चिनियाँ प्रधानमन्त्री ली छियाङले बेपत्ता तथा प्रभावित नागरिकको विवरण तत्काल संकलन गरी उद्धार र राहत कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन्। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गर्न उनले जोड दिएका छन्।
नेपालतर्फ तिब्बतबाट लेदोसहित आएको बाढी भोटेकोशी नदी हुँदै तलतिर बगेपछि रसुवामा ठूलो क्षति पुगेको छ। बुधबार बिहान आएको बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्रमा रहेका सवारीसाधन, सरकारी भवन, जलविद्युत् आयोजना तथा स्थानीयका घरमा क्षति पुर्याएको छ।
बाढीका कारण नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासका क्षेत्रसमेत प्रभावित भएका छन्। बाढीको स्रोत क्षेत्रमा अझै प्राकृतिक बाँध रहेकाले जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको जनाइएको छ।
प्राकृतिक बाँध फुटेमा भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा थप बाढी आउन सक्ने जोखिम रहेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा राहत कार्यमा परिचालित छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा