• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ६, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

      सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

      हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख ठगी, हास्य कलाकार नारद खतिवडासहित तीन जना पक्राउ

      सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

      कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

      सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ घाइते, तीन जनाको अवस्था गम्भीर

      बालेन सरकारबिरुद्ध दार्चुलाबाट सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा

      अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

      अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

      दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा

      दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

      लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा

      कांग्रेस ‘बीपीवाद’बाट विचलित, अब वैचारिक पुनर्जागरण आवश्यक : गुरु बराल

      कोलकाता–विराटनगर कार्गो रेल सेवाले उद्योगी उत्साहित, निरन्तरतामा जोड

      आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता

    होमपेज /  स्वास्थ्य

    केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ४, सोमबार (२ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६२ पटक पढिएको
  • काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ । खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अंग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीका लागि यो अत्याधुनिक प्रविधिले नयाँ आशाको ढोका खोलेको छ । पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध हुँदा असह्य पीडामा थिइन् । उनको खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्या देखिएको थियो। केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उनको सफल उपचार गरेको हो । उपचार टोलीमा जनरल सर्जन डा. मनीष आचार्य, एनेस्थेसिया विशेषज्ञ डा. स्मृति कोइराला, जनरल सर्जन लोकेश आचार्यलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सहभागी थिए ।

    बिरामीको मुख्य समस्या रक्तनलीभित्र जमेको कडा क्याल्सियमका कारण भएको अवरोध थियो । चिकित्सकहरूका अनुसार पहिलो चरणमा खुला शल्यक्रिया (ओपन सर्जरी) मार्फत नसाको मर्मत गरिए पनि तल्लो भागमा रहेको कडा अवरोध सामान्य विधिबाट हटाउन सम्भव थिएन । त्यसपछि चिकित्सकीय टोलीले ‘अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी’ प्रविधिको प्रयोग गर्ने निर्णय गरेको थियो ।

    यो प्रविधि नसाभित्र प्रवेश गरेर काम गर्ने अत्याधुनिक उपकरण हो । तारको माध्यमबाट नसाभित्र पुगेर यसले जमेको कडा क्याल्सियमलाई मसिनो कणमा परिवर्तन गर्छ र रक्तप्रवाह पुनः सञ्चालन हुने बाटो खुला गर्छ । यस प्रक्रियामा ठूलो चिरफार गर्नुपर्ने आवश्यकता पर्दैन ।

    सफल उपचारपछि हीरामायाकी नातिले भनिन्, ‘वर्षौंदेखिको असह्य पीडाबाट मुक्ति पाएपछि हजुरआमाले दोस्रो जीवन पाएजस्तो लागेको छ । डाक्टर साबहरूले खुट्टा काट्नुपर्ने अवस्थाबाट बचाइदिनुभयो । उहाँहरूको यो योगदान हामी कहिल्यै बिर्सने छैनौँ ।’

    उनले हजुरआमालाई नयाँ जीवन दिने चिकित्सक, नर्सिङ टोली तथा सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरिन् । केएमसीले हीरामायासँगै यही प्रविधिमार्फत जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको समेत सफल उपचार गरेको छ । उनको एउटा खुट्टा यसअघि नै काटिसकिएको थियो भने अर्को खुट्टाको नसा पनि पूर्ण रूपमा बन्द भएको थियो ।

    यस्तो जटिल अवस्थालाई समेत बिनाचिरफार उपचार गरेपछि केएमसीले रक्तनलीसम्बन्धी उपचारमा आफ्नो विशेषज्ञता थप स्थापित गरेको छ । सफल उपचारपछि कर्णले अस्पताल र उपचारमा संलग्न चिकित्सकीय टोलीप्रति आभार व्यक्त गरेका छन् । अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकको कुशल संयोजनका कारण अब नसा बन्द भएर अंग गुमाउनुपर्ने जोखिम भएका बिरामीका लागि नयाँ उपचार विकल्प उपलब्ध भएको छ । केएमसीको यो उपलब्धिले नेपालको चिकित्सा क्षेत्रमा बिना चिरफार गरिने अत्याधुनिक उपचार पद्धतिको दायरा थप विस्तार गरेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

    सरकारले बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ, प्रत्येक प्रदेशमा बाल अस्पताल आवश्यक ः प्राडा चौधरी

    नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

    नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने

    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

    सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने…

    हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख…

    सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने…

    हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख…

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ घाइते, तीन…

    आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता…

    विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक…

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑