• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २७, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

      शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको पनि मृत्यु

      बुद्धनगर आत्मदाह प्रयास : उपचाररत अश्विन राउतको परिवार भन्छ, ‘भ्रामक समाचारले थप पीडा दियो’

      शिक्षा प्रणाली सुधार्न परीक्षा र सिकाइ दुवैमा परिवर्तन आवश्यक : डा. महाश्रम शर्मा

      नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो : परराष्ट्रविद् श्रेष्ठ

      मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता

      वाइवाइ लाई पिरो चाउचाउको पिरः उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का

      सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ?

      एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा

      निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

      विश्व जनसंख्या दिवस मनाइँदै

      कम्मर दुखाइ र नसा च्यापिने समस्या: अधिकांश बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन : डा. विनोद विजुक्छे

      बेल्जियमलाई २–१ गोलले हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

      किन बचेनन् गणेश नेपाली ?

      जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

    होमपेज /  अन्य

    निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २७, शनिबार (१३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१ पटक पढिएको
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सहज सेवा उपलब्ध गराउन नयाँ व्यवस्था लागू गरेको छ ।

    केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापन सम्बन्धी नयाँ प्रावधान कार्यान्वयन गर्न निर्देशन दिएको हो । नयाँ व्यवस्था अनुसार अब ग्राहकले आफ्नो बैंक खाता सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत समेत बन्द गर्न सक्नेछन् ।

    ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को बैंक वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ ।

    राष्ट्र बैंकले निष्क्रिय भइसकेका खातालाई पुनः सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ । अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता पुनः सक्रिय गराउन सक्नेछन् ।

    केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना तयार गरी २०८३ साल पुस मसान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

    निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन बैंकहरूले खाता निष्क्रिय हुने समयअघि नै फोन, एसएमएस, इमेललगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनुपर्नेछ । यस्तै, निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ ।

    प्रविधिको दुरुपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र बैंकले थप कडाइ गरेको छ । निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न बैंकहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्नेछ ।

    त्यसैगरी, निष्क्रिय खाताको दुरुपयोग गरी हुन सक्ने शंकास्पद आर्थिक कारोबार (मनी म्युल) तथा अन्य वित्तीय अपराधबारे जनचेतना अभिवृद्धि गर्न नियमित रूपमा सूचना तथा सचेतनामूलक सामग्री तयार गरी प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता गैरकानुनी वित्तीय गतिविधि पहिचान र नियन्त्रणका लागि बैंकहरूले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको पनि मृत्यु

    वाइवाइ लाई पिरो चाउचाउको पिरः उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का

    विश्व जनसंख्या दिवस मनाइँदै

    कम्मर दुखाइ र नसा च्यापिने समस्या: अधिकांश बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन : डा. विनोद विजुक्छे

    किन बचेनन् गणेश नेपाली ?

    जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३…

    शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको पनि…

    बुद्धनगर आत्मदाह प्रयास : उपचाररत अश्विन राउतको परिवार…

    शिक्षा प्रणाली सुधार्न परीक्षा र सिकाइ दुवैमा परिवर्तन…

    एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने…

    मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ :…

    गणेश नेपालीको आत्मदाह घटनामा छानबिन गर्न रास्वपा सांसद…

    गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ…

    आर्थिक

    बुडर–जोरायल सडक निर्माणमा ढिलाइ भएको भन्दै रास्वपा डोटीद्वारा ध्यानाकर्षण

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑