• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २७, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

      शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको पनि मृत्यु

      बुद्धनगर आत्मदाह प्रयास : उपचाररत अश्विन राउतको परिवार भन्छ, ‘भ्रामक समाचारले थप पीडा दियो’

      शिक्षा प्रणाली सुधार्न परीक्षा र सिकाइ दुवैमा परिवर्तन आवश्यक : डा. महाश्रम शर्मा

      नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो : परराष्ट्रविद् श्रेष्ठ

      मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता

      वाइवाइ लाई पिरो चाउचाउको पिरः उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का

      सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ?

      एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा

      निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

      विश्व जनसंख्या दिवस मनाइँदै

      कम्मर दुखाइ र नसा च्यापिने समस्या: अधिकांश बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन : डा. विनोद विजुक्छे

      बेल्जियमलाई २–१ गोलले हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

      किन बचेनन् गणेश नेपाली ?

      जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

    होमपेज /  समाचार

    बुद्धनगर आत्मदाह प्रयास : उपचाररत अश्विन राउतको परिवार भन्छ, ‘भ्रामक समाचारले थप पीडा दियो’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २७, शनिबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१ पटक पढिएको
  • काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचार भइरहेको छ ।

    शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको हो।

    राउतका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजेतिर घटना भएको थियो। परिवार श्राद्धको तयारीमा रहेका बेला राउतकी श्रीमती नुहाउन गएको समयमा उनले बाहिर गएर स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याएर आगो लगाएको उनले बताए।

    घटनापछि छिमेकी, होस्टेलमा बस्ने युवाहरू र परिवारका सदस्यको सहयोगमा आगो निभाई राउतलाई तत्काल अस्पताल लगिएको दीपकले जानकारी दिए ।

    नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘बिहान करिब ६ बजे तिर, भाउजु दाइ आफू नुहाई धुवाई गरेर श्राद्धको लागि तयारी गर्दै हुनुहुन्थ्यो। भाउजु नुहाउन पसेको बेलामा दाइले चाहिँ बाहिर गएर स्कुटरबाट पेट्रोल झिकेर अनि त्यहाँबाट आफूलाई खनाएर आगो लगाउनुभएछ। अनि बाहिर ड्याङ्ग डुडुङ्ग भएपछि भाउजु निस्केर हेर्दाखेरि आगो लागिरहेको । छिमेकीको सहयोग, होस्टेलको केटाहरुको सहयोग र दाइहरु मिलेर र प्रहरीलाई खबर गरेर अनि हामीले हस्पिटल लिएर आएका हौं ।’

    उनका अनुसार राउतको एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि स्वास्थ्यमा सुधार अपेक्षाअनुसार हुन नसक्दा उनी मानसिक तनावमा रहेको परिवारले महसुस गरेको थियो।

    ‘उपचारलाई थप अघि बढाउने तयारी भइरहेको थियो। तर, त्यसअघि नै उहाँले यस्तो कदम चाल्नुभयो,’ दीपकले भने।

    यसैबीच, घटनालाई पारिवारिक विवादसँग जोडेर केही सञ्चारमाध्यममा आएका समाचारप्रति परिवारले असन्तुष्टि जनाएको छ ।

    दीपक राउतले घटनाको वास्तविकता नबुझी अनुमानका आधारमा समाचार प्रकाशन हुँदा परिवारलाई थप मानसिक पीडा भएको बताए । उनले हरेक घटनाको प्रकृति फरक हुने भएकाले तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।

    भाइ दीपकले भने, ‘हामी यतिबेला अत्यन्तै ठूलो शोक र मानसिक पीडामा छौँ। यस्तो संवेदनशील घडीमा आधारहीन कुरा लेखेर परिवारलाई थप मानसिक तनाव नदिन र समाचारमा संयमता अपनाउन आग्रह गर्दछौँ ।’

    उनले जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउँदै झुटा र भ्रामक समाचार तत्काल सच्याउनसमेत सम्बन्धित पक्षसँग माग गरेका छन् ।

    नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘यो बिचमा न्यूज, अनलाइन न्यूजहरुले चाहिँ अननेसेसरी (अनावश्यक) नचाहिँदो कुराहरु पारिवारिक झगडा, यो भनेर गर्ने र पहिलाका घटनाहरुलाई पनि लिंक गरेर राजनीतिकरण गर्ने, यो कुराहरुले चाहिँ परिवारलाई अझै दुखी बनाएको छ । यो यस्तो खालको परिपाटीले चाहिँ सबै न्यूज एकैथरी हुँदैन। सबै घटना एकैथरी हुँदैनन् भन्ने कुरा चाहिँ न्यूज च्यानल चलाउने मान्छेहरुले पनि बुझिदिनुपर्यो। उहाँहरुले गर्दाखेरि हामीलाई थप समस्या भएको छ। हामीलाई मानसिक तनाव भएको छ ।’

    परिवारका अनुसार हाल राउतको उपचार भइरहेको छ र चिकित्सकको निगरानीमा उनको स्वास्थ्य अवस्थाबारे मूल्यांकन भइरहेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

    शिक्षा प्रणाली सुधार्न परीक्षा र सिकाइ दुवैमा परिवर्तन आवश्यक : डा. महाश्रम शर्मा

    नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो : परराष्ट्रविद् श्रेष्ठ

    मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता

    गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाद्वारा दुःख व्यक्त, परिवारलाई सहयोग गर्ने घोषणा

    शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, उचित क्षतिपूर्ति दिनुपर्ने माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३…

    शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको पनि…

    बुद्धनगर आत्मदाह प्रयास : उपचाररत अश्विन राउतको परिवार…

    शिक्षा प्रणाली सुधार्न परीक्षा र सिकाइ दुवैमा परिवर्तन…

    एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने…

    मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ :…

    गणेश नेपालीको आत्मदाह घटनामा छानबिन गर्न रास्वपा सांसद…

    गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ…

    आर्थिक

    बुडर–जोरायल सडक निर्माणमा ढिलाइ भएको भन्दै रास्वपा डोटीद्वारा ध्यानाकर्षण

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑