• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २७, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

      शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको पनि मृत्यु

      बुद्धनगर आत्मदाह प्रयास : उपचाररत अश्विन राउतको परिवार भन्छ, ‘भ्रामक समाचारले थप पीडा दियो’

      शिक्षा प्रणाली सुधार्न परीक्षा र सिकाइ दुवैमा परिवर्तन आवश्यक : डा. महाश्रम शर्मा

      नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो : परराष्ट्रविद् श्रेष्ठ

      मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता

      वाइवाइ लाई पिरो चाउचाउको पिरः उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का

      सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ?

      एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा

      निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

      विश्व जनसंख्या दिवस मनाइँदै

      कम्मर दुखाइ र नसा च्यापिने समस्या: अधिकांश बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन : डा. विनोद विजुक्छे

      बेल्जियमलाई २–१ गोलले हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

      किन बचेनन् गणेश नेपाली ?

      जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

    होमपेज /  अन्य

    कम्मर दुखाइ र नसा च्यापिने समस्या: अधिकांश बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन : डा. विनोद विजुक्छे

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २७, शनिबार (१३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । पछिल्लो समय कम्मर तथा ढाड दुखाइको समस्या युवादेखि वृद्धसम्मका मानिसलाई तीव्र रूपमा बढ्दै जान थालेको छ । पहिले उमेर बढेसँगै देखिने समस्या मानिने कम्मर दुखाइ अहिले लामो समयसम्म बस्ने बानी र शारीरिक गतिविधिको कमी कार्यालयमा कम्प्युटरअघि निरन्तर काम गर्ने जीवनशैली तथा व्यायामको अभावका कारण युवामा पनि व्यापक रूपमा देखिन थालेको हो ।

    नेपाल न्यूज बैंकले गरेको संवादमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. विनोद विजुक्छेले कम्मर दुखाइ विश्वभर सबैभन्दा सामान्य स्वास्थ्य समस्यामध्ये एक भएको भन्दै अधिकांश अवस्थामा जीवनशैली सुधार, नियमित व्यायाम र फिजियोथेरापीबाट नै निको हुने बताएका छन् ।

    उनका अनुसार ढाड तथा कम्मर दुखाइ विश्वभरि नै सबैभन्दा सामान्य स्वास्थ्य समस्यामध्ये एक हो । उनले संसारभर अस्पताल पुग्ने प्रमुख कारणहरूमध्ये पनि ढाडको दुखाइ नै हो । अधिकांश मानिसमा देखिने ढाड दुखाइलाई चिकित्सकीय भाषामा ‘मेकानिकल ब्याक पेन’ भनिन्छ ।

    ढाड दुखाइ हुने कारणहरु र मेरुदण्डको समस्या हुने कारणहरु ढाड बांगो हुने समस्या हो जसलाई ‘स्कोलियोसिस’ भनिन्छ ।

    ‘मेरुदण्डको समस्या एकदमै कमन छ । संसारभरि नै सबैभन्दा मुख्य समस्या देखिएको भनेको कम्मरको दुखाइ र ढाडको दुखाइ हो,’ उनले भने, ‘यस बाहेक ढाडको दुखाइ हुने कारणहरु मेरुदण्ड वा बाङ्गोपना पनि समस्याहरु छन् । ढाडको बाङ्गो हुने समस्या जसलाई ‘स्कोलियोसिस’ भनिन्छ । ढाडमा इन्फेक्सन हुनसक्ने, पाक्ने , धेरैजसो (बोनको ट्युबरकुलोसिस) हुने वा बोनको टिभी हुने जोखिम रहन्छ । कसै-कसैलाई (बोनको क्यान्सर) पनि हुनसक्छ । मेरुदण्डमा बाथ पनि हुनहुन्छ, जसलाई (आन्कायलोजिङ स्पोन्डिलाइटिस) भनेर भन्छौ । तर सामान्यत मेकानिकल ब्याक पेन हुने गरेको छ ।’

    ‘मेकानिकल ब्याक पेन’ हुने मुख्य कारणमा गलत बसाइ, काम गर्ने गलत तरिका, उमेरको प्रभाव तथा शरीरको अत्यधिक तौल रहेको उनले उल्लेख गरे ।

    उनका अनुुसार सामान्य कम्मरको दुखाइका प्रकारहरु फरक हुने गरेको छ, रेस्ट गर्दा, सुत्दा कम हुने तर मुभमेन्टहरु गर्दाखेरि कम्मरमा दुखाईहरु धेरै हुन्छ भने त्यस्तो किसिमको पेनलाई ‘मेकानिकल ब्याक पेन’ भनेर भन्छौ । जुन कम्मरको भागमा मात्रै ‘लोकलाइज्ड’ हुन्छ ।

    विशेषज्ञ विजुक्छेका अनुसार आराम गर्दा कम हुने तर हिँडडुल, सामान उठाउने वा शारीरिक गतिविधि गर्दा बढ्ने कम्मर दुखाइलाई सामान्यतया ‘मेकानिकल ब्याक पेन’ भनिन्छ ।

    डा. विजुक्छेका अनुसार नसा च्यापिएको अवस्थाको दुखाइ भने सामान्य (मेकानिकल ब्याक पेन)भन्दा फरक हुन्छ । यस्तो अवस्थामा दुखाइ कम्मरमा मात्र सीमित नरही खुट्टातर्फ पनि फैलिन्छ । विशेषगरी दायाँतर्फको नसा च्यापिएको भए दायाँ खुट्टामा र बायाँतर्फको नसा च्यापिएको भए बायाँ खुट्टामा दुखाइ महसुस हुने उनले बताए ।

    डा. विजुक्छेअनुसार मेरुदण्डका हड्डीबीच रहेको नरम डिस्क बाहिर निस्किएर नसामा दबाब परेपछि नसा च्यापिने समस्या हुन्छ । यसलाई डिस्क हर्निएसन, स्लिप डिस्क वा डिस्क प्रोल्याप्स पनि भनिन्छ ।

    उनले नसा च्यापिने प्रमुख कारण मेरुदण्डका हड्डीबीच रहेको नरम (इन्टरभर्टेब्रल डेस्क) फुटेर बाहिर निस्किनु रहेको बताए । यसलाई चिकित्सकीय भाषामा (डेस्क हर्निएसन) तथा सामान्य भाषामा (स्लिप डेस्क) पनि भनिन्छ । डिस्कले शरीरको भार धान्ने र झट्का सोस्ने काम गर्ने भएकाले दैनिक हिँडडुल, बसाइ वा कामकै क्रममा पनि कहिलेकाहीँ डिस्क च्यातिन वा बाहिर निस्किन सक्ने उनले बताए ।

    डा. विजुक्छेले नसा च्यापिने समस्या अत्यन्तै सामान्य भएपनि यसलाई लिएर डराउन नहुने बताए । उनका अनुसार नसा च्यापिँदैमा पक्षघात (प्यारालाइसिस) हुँदैन र सबै बिरामीलाई शल्यक्रिया पनि आवश्यक पर्दैन ।

    उनले भने, ‘डेस्क भनेको एकदम सफ्ट अर्थात नरम हुन्छ । जसका कारण कहिलेकाहीँ साधारण हिडाइमा, बसाइमा, काम गराइमै पनि सफ्ट डिस्कहरु फुटेर बाहिर निस्किन सक्छ । बाहिर निस्कियो भने नसा च्यापिन्छ । त्यसलाई मेडिकल भाषामा डिस्क हर्निएसन वा स्लिप डिस्क भनिन्छ ।’

    उनले नसा च्यापिनु भनेको एकदमै सामान्य समस्या रहेको बताए । उनले नसा च्यापिदैमा प्यारालासिस नहुने बताए । उनले नसा च्यापिएका सय जना बिरामीमध्ये केवल २ देखि ५ जनालाई मात्र शल्यक्रिया आवश्यक पर्ने र बाँकी ९५ देखि ९८ प्रतिशत बिरामी औषधि, फिजियोथेरापी, व्यायाम र जीवनशैली सुधारबाट नै निको हुने जानकारी दिए ।

    उनले भने, ‘कम्मर दुखाइमा फिजियोथेरापीको भूमिका अत्यन्तै महत्वपूर्ण छ । औषधिभन्दा पनि नियमित एक्सरसाइज गर्नुभयो भने दुखाइ धेरै कम हुन्छ । एक्सरसाइजले जोर्नीलाई खुकुलो बनाउँछ र मेरुदण्डलाई सहयोग गर्ने मांसपेशी बलियो बनाउँछ ।’

    उनले लामो समयसम्म कम्प्युटर वा मोबाइल प्रयोग गर्दा अपनाइने गलत पोस्चर(बस्ने तरिका)का कारण मांसपेशीमा अत्यधिक दबाब पर्ने र त्यसले ढाड, घाँटी तथा काँध दुख्ने समस्या बढिरहेको बताए ।

    डा. विजुक्छेले भने, ‘पोस्चर भनेको बस्ने तरिका हो । आजकल कम्प्युटर र मोबाइलको प्रयोग धेरै भएकाले साना—साना बच्चाहरू पनि मोबाइलमा व्यस्त हुन्छन् । उनीहरू बस्ने, मोबाइल हेर्ने र कम्प्युटरमा काम गर्ने तरिका सही नहुँदा समस्या देखिन्छ । तीनचार वा पाँच–छ घण्टासम्म लगातार कम्प्युटरमा काम गर्नुपर्दा एउटै मांसपेशीमा निरन्तर लोड पर्छ । त्यसले मांसपेशी थाक्छ र थकाइ बढेपछि दुखाइ सुरु हुन्छ ।’

    विजुक्छेका अनुसार हिजोआज साना बालबालिकादेखि वयस्कसम्म मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोग गर्ने भएकाले बस्ने तरिका र उपकरण प्रयोग गर्ने शैलीमा विशेष ध्यान दिन आवश्यक छ ।

    विजुक्छेले आधुनिक प्रविधिका कारण शल्यक्रिया अझ सुरक्षित, प्रभावकारी र कम पीडादायी बन्दै गएको बताए । नेपालमा स्पाइन सर्जरीको सुरुवाती अभ्यासदेखि आधुनिक प्रविधिको प्रयोगसम्म ठूलो परिवर्तन आएको उनको भनाइ छ ।

    उनले भने, ‘नेपालमा मैंले सन् २००६ देखि (स्पाइन सर्जरी) सुरु गरेको हुँ । त्यतिबेला ढाड बाङ्गोपन, मेरुदण्डको संक्रमण, नसा च्यापिने समस्या तथा प्यारालाइसिस भएका बिरामीको उपचारका लागि पुनर्निर्माणात्मक (स्पाइन सर्जरी)को अभ्यास सुरु गरेका थियौं । त्यसयता प्रविधिमा धेरै ठूलो परिवर्तन आएको छ ।’

    उनले धेरैजसो बिरामीलाई शल्यक्रिया गर्न आवश्यक नपर्ने तर गर्नैपर्ने अवस्थामा अहिलेका आधुनिक उपकरणले उपचारलाई धेरै सहज बनाएको बताए ।

    उनका अनुसार मेरुदण्डमा प्रयोग हुने स्क्रुज, रड तथा अन्य इन्स्ट्रुमेन्टहरू अत्याधुनिक भएका छन् । अहिले सानो प्वालबाटै (इन्डोस्कोपिक स्पाइन सर्जरी) गर्न सकिने अवस्था छ, जसले बिरामीलाई छिटो निको हुन मद्दत गर्छ ।

    ढाड र कम्मरको समस्याको उपचारको मुख्य उद्देश्य बिरामीलाई पुनः सामान्य जीवन र आफ्नो दैनिक काममा फर्काउनु रहेको उनले बताए । सही बस्ने र काम गर्ने बानी, नियमित व्यायाम तथा तौल नियन्त्रणले यस्ता समस्या रोकथाम गर्न सकिने उनको भनाइ छ ।

    ‘हाम्रो उपचारको मुख्य उद्देश्य बिरामीलाई आफ्नो दैनिक काममा सहज रूपमा फर्काउने र उहाँहरूको जीवनस्तर सुधार गर्ने हो । उपचारपछि पहिले जस्तै काम गर्न सक्ने अवस्था सिर्जना गर्नु नै हाम्रो लक्ष्य हो,’ उनले भने, ‘ढाड र कम्मरको समस्या हुनुको मुख्य कारण गलत बस्ने र काम गर्ने बानी हो । त्यसैले होचो ठाउँमा वा पलेटी मारेर लामो समय बस्ने बानीबाट जोगिनुपर्छ । यो समस्या भएकाहरूका लागि मात्र होइन, सबैका लागि लागू हुने सल्लाह हो ।’

    नियमित व्यायामले मांसपेशी र हड्डीबीचको सन्तुलन राख्नाले ढाड र कम्मरलाई बलियो बनाउने उनले बताए ।

    उनले भने, ‘उमेर बढ्दै जाँदा हड्डी खिइनु प्राकृतिक प्रक्रिया हो र यसलाई रोक्न सकिँदैन । तर नियमित व्यायाममार्फत शरीरको लचकता र बल कायम राखेर त्यसबाट हुने असरलाई कम गर्न सकिन्छ ।’

    उनले कम्मर दुखाइबाट बच्न लामो समय एउटै अवस्थामा नबस्न, होचो स्थानमा पलेटी मारेर नबस्न, प्रत्येक आधा घण्टामा केही मिनेट उभिने वा हिँड्ने बानी बसाल्न सुझाव दिए । यसले मेरुदण्ड, मांसपेशी र जोर्नीबीच सन्तुलन कायम राख्न सहयोग पुग्ने उल्लेख गरे ।

    डा. विजुक्छेले कम्मर दुखाइको उपचारमा फिजियोथेरापी र नियमित व्यायामको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । व्यायमले मेरुदण्डलाई सहारा दिने मांसपेशी बलियो बनाउने, जोर्नी लचिलो राख्ने र दुखाइ कम गर्न मद्दत गर्ने भएकाले औषधिभन्दा पनि नियमित व्यायाममा जोड दिनुपर्ने बताए ।

    उनले धेरै दुखेको अवस्थामा केही समयका लागि औषधि प्रयोग गर्न सकिने भए पनि दीर्घकालीन समाधान भने सही जीवनशैली, तौल नियन्त्रण, सही बसाइ–उठाइ र नियमित व्यायाम नै रहेको बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको पनि मृत्यु

    वाइवाइ लाई पिरो चाउचाउको पिरः उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का

    निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

    विश्व जनसंख्या दिवस मनाइँदै

    किन बचेनन् गणेश नेपाली ?

    जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३…

    शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको पनि…

    बुद्धनगर आत्मदाह प्रयास : उपचाररत अश्विन राउतको परिवार…

    शिक्षा प्रणाली सुधार्न परीक्षा र सिकाइ दुवैमा परिवर्तन…

    एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने…

    मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ :…

    गणेश नेपालीको आत्मदाह घटनामा छानबिन गर्न रास्वपा सांसद…

    गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ…

    आर्थिक

    बुडर–जोरायल सडक निर्माणमा ढिलाइ भएको भन्दै रास्वपा डोटीद्वारा ध्यानाकर्षण

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑