• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)

      राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’

      अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न मिडिया संवेदनशील हुनुपर्ने 

      मन्त्री प्रतिभा रावल एक्सनमा: ट्रेड युनियनले ओगटेको सरकारी जग्गा तीन दिनभित्र खाली गर्न निर्देशन

      सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युबर जेल चलान

      चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री नियुक्त 

      प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

      सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

      सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

      एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

      आर्थिक वृद्धिको लक्ष्यलाई भेटनेगरी लचिलो मौद्रिक नीति आउँदै

      न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

      इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

      राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      चार वटा संसदीय समितिको बैठक बस्दै

    होमपेज /  समाचार

    अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न मिडिया संवेदनशील हुनुपर्ने 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २३, मंगलबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१ पटक पढिएको
  • काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालका निर्देशक शिरोमणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मानजनक प्रतिनिधित्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

    अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको आवाजलाई मूलप्रवाहीकरण गर्न सामुदायिक रेडियोको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले नेपालको संवैधानिक व्यवस्था, कानुनी प्रावधान, अपाङ्गता भएका व्यक्तिको अधिकार, भाषा प्रयोग तथा सामाजिक सोच निर्माणमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

    समाचार, लेख तथा अन्य सञ्चार सामग्री तयार गर्दा अपाङ्गता भएका व्यक्तिलाई कमजोर वा दयाको पात्रका रूपमा चित्रण गर्नुको सट्टा उनीहरूको क्षमता, अधिकार र सहभागितालाई केन्द्रमा राख्नुपर्नेमा उनले जोड दिए ।

    ढुंगानाले सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिका धारणा, अनुभव र विचारलाई सम्मानजनक रूपमा समेट्दै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।

    उनले समावेशी र अधिकारमा आधारित सञ्चार अभ्यासले अपाङ्गता भएका व्यक्तिको आवाजलाई मूलप्रवाहीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    यसैगरी राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालकी प्रतिनिधि प्रतिमा गुरुङले अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको आवाजलाई मूलप्रवाहीकरण गर्न सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

    गुरुङले राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालले लैङ्गिक समानता, युवा, अपाङ्गता भएका व्यक्ति, आदिवासी तथा अन्य सीमान्तकृत समुदायका सवाललाई अन्तरछेदी (इन्टरसेक्सनल) दृष्टिकोणबाट उठाउँदै आएको बताइन् ।

    उनले संस्थाको सातै प्रदेश तथा स्थानीय तहसम्म संगठनात्मक संरचना रहेको बताइन् । साथै संस्था अन्तर्राष्ट्रिय सञ्जालमार्फत एसियाका १२ देश र सात वटा भूराजनीतिक क्षेत्रमा समेत सक्रिय रूपमा काम गरिरहेको छ ।

    उनले सञ्चारमाध्यममा अपाङ्गता भएका व्यक्तिको चित्रण, समाचारको भाषा, विषयवस्तु तथा प्रस्तुतीकरणलाई थप संवेदनशील र समावेशी बनाउन विभिन्न संवाद, अभिमुखीकरण तथा मिडिया फेलोसिप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् ।

    विशेषगरी अपाङ्गता भएका महिला, आदिवासी तथा सीमान्तकृत समुदायका आवाजलाई सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान दिनुपर्नेमा उनले जोड दिइन् ।

    उनले कार्यक्रमको मुख्य उद्देश्य सञ्चारमाध्यममा लैङ्गिकता, आदिवासी, अपाङ्गता तथा सीमान्तकृत समुदायका मुद्दालाई मूलप्रवाहीकरण गर्नुका साथै अपाङ्गता समावेशी सञ्चार अभ्यासलाई प्रभावकारी बनाउनु रहेको स्पष्ट पारिन् ।

    सञ्चार सामग्री तयार गर्दा पहुँचयुक्त (एक्सेसिबल) उपकरण, समावेशी भाषा, उपयुक्त तस्बिर तथा अपाङ्गता र अन्तरछेदी दृष्टिकोणलाई आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

    गुरुङले सञ्चारमाध्यमलाई थप समावेशी, उत्तरदायी र संवेदनशील बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री नियुक्त 

    एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

    इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    सुकुमायाको विलौना : सम्पत्ति हत्याउन दर्नाल परिवारले ७५ लाखमा फसायो, न्यायको लागि कहाँ जाउँ ? 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)

    राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी…

    अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न मिडिया संवेदनशील…

    मन्त्री प्रतिभा रावल एक्सनमा: ट्रेड युनियनले ओगटेको सरकारी…

    मन्त्री प्रतिभा रावल एक्सनमा: ट्रेड युनियनले ओगटेको सरकारी…

    बालेनलाई नेता आङदेम्बेको प्रश्न- झण्डै दुई सय तोला…

    अब रगत होइन, पसिना बगाउने समय आएको छ…

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    आर्थिक

    सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

    आर्थिक वृद्धिको लक्ष्यलाई भेटनेगरी लचिलो मौद्रिक नीति आउँदै

    न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑