• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २२, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

      जर्मनीमा दोस्रो ‘नेपाली रूट्स समिट’ :नेपाली डायस्पोरालाई बलियो बनाउने संकल्प

      ट्रम्पको हस्तक्षेपपछि बालोगुनमाथिको प्रतिबन्ध स्थगित, बेल्जियमले जनायो आपत्ति

      ट्रम्पको हस्तक्षेपपछि अमेरिकी स्टार बालोनगनको रेड कार्ड फुकुवा, बेल्जियमविरुद्ध खेल्ने बाटो खुल्यो

      अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास 

      प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची

      नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो

      आजको मौसमा : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

      युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

      आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई निमित्त जिम्मेवारी

      ‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक, पर्यटन ब्यवसाय ठप्प

      बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहारः आरेन राई

      बलिउड अभिनेता आमिर खानले गौरी स्प्राटसँग गरे तेस्रो विवाह

      सशस्त्र प्रहरीको एपीएफ स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ साढे ४ करोड हिनामिना आरोपमा पक्राउ

      सरकारले जनताको जीवनभन्दा सामाजिक सञ्जालको लाइकलाई बढी प्राथमिकता दियो : गगन थापा

    होमपेज /  समाचार

    जर्मनीमा दोस्रो ‘नेपाली रूट्स समिट’ :नेपाली डायस्पोरालाई बलियो बनाउने संकल्प

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २२, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र समुदायका अगुवाबीच सञ्जाल विस्तार गर्दै नेपाली डायस्पोराको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यसहित आयोजित दोस्रो ‘नेपाली रूट्स समिट–२०२६’ जर्मनीको म्युनिखमा आयोजना गरिएको छ ।

    नेपाली रूट्सले आयोजना गरेको समिटमा जर्मनीका विभिन्न सहरबाट ९६ जना नेपाली सहभागी भएका थिए। जर्मनी तथा युरोपमा रहेका नेपाली मूलका विज्ञ, विद्यार्थी, व्यवसायी तथा विभिन्न क्षेत्रका पेशाकर्मीलाई एउटै सञ्जालमा आबद्ध गराउने उद्देश्यले स्थापित नेपाली रूट्सले ज्ञान आदानप्रदान, व्यावसायिक सहकार्य र नेपालसँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    समिटको अध्यक्षता नेपाली रूट्सका अध्यक्ष डा.कृतन गौतमले गरेका थिए। कार्यक्रममा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली रूट्स नेपाली डायस्पोराको साझा मञ्चका रूपमा महत्वपूर्ण संस्था बनेको बताए।

    उनले सरकारले परम्परागत कूटनीतिभन्दा आर्थिक कूटनीतिलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै पर्यटन, व्यापार, उद्योग, ऊर्जा, सूचना प्रविधि, वाणिज्य तथा नवप्रवर्तनका क्षेत्रमा डायस्पोराको ज्ञान, सीप र सञ्जालको उपयोग गर्नुपर्नेमा जोड दिए।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका अध्यक्ष लोकमणि ढकालले नेपाली रूट्स र एनआरएनएबीच नजिकको सहकार्य आवश्यक रहेको बताउँदै नयाँ पुस्ताको आवश्यकता बुझ्न नेपाली रूट्सजस्ता संस्थाबाट सिक्न चाहेको बताए। उनले कार्यक्रम सफलताको शुभकामना पनि व्यक्त गरे।

    नेपाली रूट्सका सचिव जितेन्द्र कसौधनले सहभागीलाई स्वागत गर्दै ‘नेपाली रूट्स जर्नल’ को समेत विमोचन गरे। उनले विश्वभर फैलिएको नेपाली डायस्पोरा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगिसकेको उल्लेख गर्दै उनीहरूबीच बलियो सञ्जाल निर्माण गर्नु समयको आवश्यकता भएको बताए।

    विदेशमा रहेका नेपालीबीच सहकार्य बढाउनुका साथै नेपालसँग ज्ञान, प्रविधि, अनुसन्धान, उद्यमशीलता र लगानीका क्षेत्रमा दीर्घकालीन सहकार्य विस्तार गर्ने अपेक्षाका साथ संस्थाले काम गरिरहेको उनले बताए।

    समिटमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, स्वच्छ ऊर्जा तथा डायस्पोरा नेतृत्वलगायत समसामयिक विषयमा छलफल गरिएको थियो।

    विभिन्न क्षेत्रका विज्ञहरूले व्यक्तिगत सफलतालाई सामूहिक प्रभावमा रूपान्तरण गर्न बलियो व्यावसायिक सञ्जाल, मेन्टरशिप र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

    छलफलका क्रममा नेपाली डायस्पोराको भूमिका रेमिट्यान्समा मात्र सीमित नरही ज्ञान, अनुसन्धान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता तथा विश्वव्यापी सञ्जालमार्फत नेपाल र विश्व समुदायमा अझ प्रभावकारी योगदान दिन सकिने निष्कर्ष निकालिएको थियो।

    साथै नेपाल र नेपाली डायस्पोराबीच सहकार्यका नयाँ सम्भावना पहिचान गर्दै भावी पुस्ताका लागि बलियो समुदाय निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

    कार्यक्रममा सहभागीहरूले विभिन्न क्षेत्रका नेपालीसँग अनुभव आदानप्रदान गर्नुका साथै नयाँ सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए। नेपाल सरकारका तर्फबाट रिमोट भोटिङ, प्रवासी नेपाली नागरिकता तथा डायस्पोरा फन्डको प्रभावकारी परिचालनजस्ता नीतिगत विषयमा पहल गर्नुपर्नेमा पनि जोड दिइएको थियो।

    छलफलमा नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यसको विकासका लागि डायस्पोरा र सरकारबीच सहकार्य आवश्यक रहेको तथा नेपालको आर्थिक विकासमा योगदान गर्न डायस्पोरा तयार रहेको धारणा व्यक्त गरिएको थियो।

    आयोजकले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विश्वभर रहेका नेपालीलाई जोड्ने र नेपालसँग अर्थपूर्ण सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक, पर्यटन ब्यवसाय ठप्प

    गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक: हालसम्म २५ जनाको ज्यान गयो, स्थानीय त्रासमा

    जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

    चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

    धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

    बर्डफ्लू संक्रमणविरुद्ध उच्च सतर्कता : डराउनुपर्दैन तर जैविक सुरक्षामा ध्यान दिन आग्रह 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग…

    जर्मनीमा दोस्रो ‘नेपाली रूट्स समिट’ :नेपाली डायस्पोरालाई बलियो…

    ट्रम्पको हस्तक्षेपपछि बालोगुनमाथिको प्रतिबन्ध स्थगित, बेल्जियमले जनायो आपत्ति

    ट्रम्पको हस्तक्षेपपछि अमेरिकी स्टार बालोनगनको रेड कार्ड फुकुवा,…

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र…

    सशस्त्र प्रहरीको एपीएफ स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना…

    कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि…

    आर्थिक

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑