सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगुनमाथि लागेको एक खेलको प्रतिबन्ध निलम्बन गरिएको दाबी गरिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा सिधै रातो कार्ड पाएपछि बालोगुन विश्वकपको अन्तिम–१६ मा बेल्जियमविरुद्ध हुने खेल खेल्न नपाउने निश्चित भएको थियो।
तर ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरी निर्णय पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले अनुशासनात्मक निर्णयमा पुनर्विचार गर्दै प्रतिबन्ध तत्कालका लागि निलम्बन गरेको स्रोतहरूले बताएका छन्।
फिफाले जारी गरेको विज्ञप्तिअनुसार अनुशासन संहिताको धारा २७ अन्तर्गत बालोगुनमाथिको एक खेलको प्रतिबन्ध एक वर्षको परीक्षण अवधिका लागि निलम्बन गरिएको छ। यदि उनले उक्त अवधिमा पुनः यस्तै प्रकृतिको गम्भीर अनुशासनहीनता गरेमा अहिले स्थगित गरिएको प्रतिबन्ध स्वतः लागू हुने जनाइएको छ।
निर्णयपछि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत फिफालाई धन्यवाद दिँदै, “सही निर्णय गर्दै ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद।” भन्ने प्रतिक्रिया दिएका छन्।
यस निर्णयसँगै प्रतियोगितामा तीन गोल गरिसकेका बालोगुन अब सोमबार बेल्जियमविरुद्ध हुने विश्वकपको अन्तिम–१६ को महत्वपूर्ण खेलमा मैदान उत्रिन पाउने भएका छन्।
बालोगुनले बोस्निया–हर्जेगोभिनाविरुद्ध अमेरिकाको २–० को जितमा एक गोल गरेका थिए। तर दोस्रो हाफमा तारिक मुहरेमोभिचको खुट्टामा बुटले प्रहार गरेको घटनापछि भिडियो सहायक रेफ्री (VAR) को समीक्षापछि उनलाई सिधै रातो कार्ड देखाइएको थियो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा