• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनचाँदीको मूल्य घट्यो

      क्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा 

      रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

      हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

      एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल

      स्विडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश

      पेट्रोल र डिजेलको घट्यो मूल्य

      ‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ?

      विश्वकप फुटबलमा चर्चित बन्यो ‘मर्लिन’ हाँस, भिडियो भाइरल

      विष्णु पौडेललाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, थप कागज मगाउने आदेश

      प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

      नेपालीहरूको जीवन करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित छ : राष्ट्रपति पौडेल

      सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन एनटिसीलाई मन्त्रीको निर्देशन

      संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

      सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको आरोप

    होमपेज /  अन्य

    एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १७, बुधबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य(एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था कार्यान्वयन गर्न थालेपछि व्यवसायीहरू गम्भीर अन्योलमा परेको राष्ट्रिय व्यापार संघले जनाएको छ ।

    संघका अध्यक्ष हिमलाल खरालले सरकारले उपभोक्ताको हितका लागि ल्याएको व्यवस्थाको आफूहरू विरोधमा नरहेपनि कार्यान्वयन प्रक्रिया स्पष्ट नभएकाले व्यापार, आयात र बजार व्यवस्थापनमा समस्या उत्पन्न भएको बताएका छन् ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष खरालले एमआरपी सम्बन्धी व्यवस्था आयातित वस्तुमा मात्र नभई नेपालमै उत्पादन हुने र बजारमा बिक्री हुने सबै सामानमा लागू हुने भन्ने सरकारी धारणा रहेको बताए । तर, यो व्यवस्था कसरी लागू गर्ने भन्ने विषयमा सम्बन्धित सरकारी निकायबीच नै स्पष्टता नहुँदा व्यवसायी अन्योलमा परेको उनको भनाइ छ ।

    उनका अनुसार राष्ट्रिय व्यापार संघले अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, भन्सार विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा आन्तरिक राजस्व विभागसँग पटक–पटक छलफल गरे पनि एउटै विषयमा फरक–फरक धारणा प्राप्त भएको छ । वाणिज्य विभागले व्यवसायीले आफ्नो लागत र नाफा जोडेर एमआरपी निर्धारण गर्न सक्ने बताउने गरेको भएपनि भन्सारतर्फ मूल्यांकनसँग सम्बन्धित फरक व्याख्या आउने गरेको उनले गुनासो गरे ।

    आन्तरिक राजस्व विभागले पनि नाफाको स्वीकार्य सीमा वा करसम्बन्धी स्पष्ट मार्गदर्शन नदिएको उनको आरोप छ । खरालका अनुसार व्यवसायीले कति प्रतिशतसम्म नाफा राख्दा कुनै सरकारी निकायबाट प्रश्न उठ्दैन भन्ने विषयमा स्पष्ट मापदण्ड आवश्यक छ । तीनवटै निकायले संयुक्त रूपमा समन्वय गरी एउटै निर्देशिका जारी गरे मात्रै व्यवसायी ढुक्क भएर काम गर्न सक्ने उनको भनाइ छ ।

    सरकारले एमआरपी, वस्तुको उत्पादन स्थल वा आयातकर्ताले विदेशबाट सामान खरिद गर्ने स्थानमै उल्लेख गरेर ल्याउनुपर्ने व्यवस्था अघि सारेको भए पनि विशेषगरी चीनबाट सामान ल्याउने साना तथा मध्यम व्यवसायीका लागि यो व्यवहारिक नभएको खरालले बताए । उनका अनुसार अधिकांश व्यवसायीले चीनका विभिन्न बजार र पसलबाट एक–एक थान सामान खरिद गरेर संकलन गर्ने भएकाले त्यहीँबाट एमआरपी ट्याग लगाएर ल्याउन सम्भव छैन ।

    उनले भन्सारमा सामान आइपुगेपछि गोदाममै एमआरपी ट्याग लगाउने व्यवस्था गरिए व्यवसायीलाई सहज हुने बताए । अहिलेको अन्योलका कारण धेरै व्यवसायी चीन गएर सामान खरिद गर्न नै हिच्किचाइरहेको उनको भनाइ छ ।

    खरालका अनुसार दशैं–तिहार नजिकिँदै गर्दा पनि अपेक्षा अनुसार कम व्यवसायी चीन गएका छन् । संघको तथ्यांकअनुसार अहिलेसम्म सामान्य अवस्थाको तुलनामा करिब २० देखि २५ प्रतिशत व्यवसायी मात्र खरिदका लागि चीन पुगेका छन् । यदि अन्योल यथावत् रहे आयात घट्ने, सरकारी राजस्व प्रभावित हुने तथा उपभोक्ताले नयाँ फेसन र नयाँ डिजाइनका सामान समयमै नपाउने अवस्था आउन सक्ने उनले बताए ।

    उनले अहिले बजारमा व्यापारिक गतिविधि पनि उल्लेख्य रूपमा घटेको दाबी गरे । न्यूरोड, फसिकेव, इन्द्रचोकलगायतका थोक व्यापारिक क्षेत्र उपभोक्ताभन्दा पनि खुद्रा व्यापारी आउने केन्द्र भए पनि अहिले ती क्षेत्र सुनसानजस्तै बनेको उनको भनाइ छ । एमआरपी सम्बन्धी अन्योलका कारण खुद्रा व्यापारीहरूले पनि सामान खरिद गर्न हिच्किचाएको उनले बताए ।

    संघले पुराना स्टकका सामानको व्यवस्थापनबारे पनि सरकारसँग स्पष्ट नीति माग गरेको छ । खरालका अनुसार कतिपय व्यवसायीसँग १०–१५ वर्षअघिदेखिका स्टक अझै बिक्री हुन बाँकी छन् । त्यस्ता सामानमा अहिलेको व्यवस्था अनुसार आयातकर्ताको नाम, ठेगाना, सम्पर्क विवरण लगायतका सबै जानकारी राखेर एमआरपी ट्याग तयार पार्न व्यवहारिक कठिनाइ रहेको उनले बताए । धेरै अवस्थामा पूराना आपूर्तिकर्ता नै सम्पर्कमा नरहेकाले आवश्यक विवरण जुटाउन नसकिने समस्या रहेको उनको भनाइ छ ।

    उनले व्यवसायीहरू एमआरपी प्रणालीको विरोधमा नभई स्पष्ट र व्यवहारिक कार्यान्वयनको पक्षमा रहेको दोहोर्याए । आयातकर्ताको गोदाममा रहेका नयाँ सामानमा एमआरपी राख्न कुनै समस्या नरहेको तर पुराना स्टक र विभिन्न स्रोतबाट खरिद गरिएका सामानका लागि छुट्टै व्यवस्था आवश्यक रहेको उनको सुझाव छ ।

    अध्यक्ष खरालले सरकारलाई प्रभाव पर्ने पक्षसँग पर्याप्त छलफल गरेर मात्रै नीति कार्यान्वयन गर्न आग्रह गरेका छन् । एमआरपी सम्बन्धी कार्यविधि, नाफाको सीमा, भन्सार मूल्यांकन, पुराना स्टकको व्यवस्थापन र गोदाममा ट्याग लगाउने व्यवस्थाबारे सम्बन्धित सबै निकायले संयुक्त रूपमा स्पष्ट निर्देशिका जारी गरे बजारमा देखिएको अन्योल अन्त्य हुने र व्यापारिक गतिविधि पुनः सहज हुने उनको विश्वास छ ।

    एमआरपी कार्यान्वयनमा स्पष्ट कार्यविधि माग

    व्यवसायीहरूले एमआरपी नलगाउने अडान नराखेको स्पष्ट गर्दै, उनले कसरी, कहाँ र कुन आधारमा एमआरपी निर्धारण गर्ने भन्ने विषयमा सरकारले स्पष्ट मार्गदर्शन दिनुपर्ने बताए ।

    उनका अनुसार चीनबाट सामान आयात गर्दा डलरको विनिमय दर, ढुवानी खर्च, भन्सार शुल्क तथा सडक अवरोधजस्ता कारणले लागत निरन्तर परिवर्तन हुने भएकाले विदेशमै एमआरपी निर्धारण गर्नु व्यवहारिक नहुने अवस्था छ ।

    खरालले एउटै सामानको लागत पनि ढुवानी अवस्था अनुसार फरक–फरक हुनसक्ने भएकाले वास्तविक लागत थाहा नपाई एमआरपी राख्न बाध्यता सिर्जना भएको बताए । यही अन्योलका कारण व्यवसायीहरू चीनबाट सामान ल्याउनसमेत हिच्किचाइरहेको उनको भनाइ छ । उनले कम्तीमा दशैं–तिहारसम्मका लागि भन्सारपछि आफ्नै गोदाममा एमआरपी ट्याग लगाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

    उनले एमआरपी प्रणाली सबै वस्तुमा एकैपटक लागू गर्नुको सट्टा वस्तु वर्गीकरण गरेर चरणबद्ध रूपमा लागू गर्न सुझाव दिए । दैनिक उपभोग्य वस्तुबाट सुरु गर्दै क्रमशः लत्ताकपडा, जुत्ता तथा अन्य वस्तुमा विस्तार गरे व्यवसायीलाई प्रशिक्षण दिन र कार्यान्वयन गर्न सहज हुने उनको धारणा छ । अध्यक्ष खरालले वाणिज्य विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागबीच समन्वय अभाव नै अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताए । तीनवटै निकायले संयुक्त रूपमा व्यवसायीसँग छलफल गरी नाफाको सीमा, भन्सार मूल्यांकन र एमआरपी निर्धारणको आधार स्पष्ट गरिदिए अन्योल अन्त्य हुने उनको विश्वास छ ।

    उनले एमआरपीको मूल उद्देश्य उत्पादकले वितरण प्रणालीमा अत्यधिक नाफा नियन्त्रण गर्नु भएको उल्लेख गर्दै, नेपालमा यसको व्याख्या उपभोक्ता संरक्षणको दृष्टिकोणबाट मात्र गरिएको टिप्पणी गरे । सरकारसँग संवाद भइरहेको उल्लेख गर्दै उनले व्यवहारिक समाधान निकालिने अपेक्षा व्यक्त गरे ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

    विष्णु पौडेललाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, थप कागज मगाउने आदेश

    ‘भातमुखी’ देश नेपाल आयातित चामलमा निर्भर छ, धान उत्पादन बढाउने योजना कमजोर

    गृहमन्त्रीकै गाडीबाट सुरु भयो कालो सिसा हटाउने अभियान, ट्राफिकले सिंहदरबारमै हटायो स्टिकर

    आज दही चिउरा खाई असार १५ मनाउँदै

    आज राष्ट्रिय धान दिवस मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचाँदीको मूल्य घट्यो

    क्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम…

    रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य…

    हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई…

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    पेट्रोल र डिजेलको घट्यो मूल्य

    कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑