• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

      गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

      १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

      काठमाडौं उपत्यका बन्यो बर्डफ्लुको हटस्पट, मानिसमा कसरी सर्छ ?

      काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

      धुलो र हिलोमुक्त हुँदै सोरुका बस्तीहरु

      याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

      मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

      ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने

      प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

      सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

      भारतलाई पाकिस्तानका रक्षामन्त्रीको चेतावनी, ‘पानी रोकिए युद्ध हुन सक्छ’

      नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

    होमपेज /  खेलकुद

    मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ८, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल स्पेनलाई जित दिलाएन, फुटबल इतिहासमा एउटा रोचक संयोग पनि दोहोरिएको छ ।

    यामालले आफ्ना आइडल खेलाडी लियोनल मेस्सी सँग सम्बन्धित दुई दशक पुरानो इतिहासलाई लगभग हुबहु दोहोर्याएका छन् । साउदी अरेबियाविरुद्धको खेलमा गोल गर्दै यामालले विश्वकपमा आफ्नो गोल खाता खोलेका थिए ।

    विशेष कुरा के भने, उनले यो उपलब्धि हासिल गर्दा उनको उमेर १८ वर्ष ११ महिना थियो । ठीक यही उमेरमा मेस्सीले पनि सन् २००६ को विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए । यति मात्र होइन, दुवै खेलाडीले विश्वकपमा पहिलो गोल गर्दा १९ नम्बरको जर्सी लगाएका थिए र दायाँ खुट्टाको प्रयोग गरेर गोल गरेका थिए । दुई फरक पुस्ताका खेलाडीबीच देखिएको यो संयोगले विश्व फुटबल समर्थकमाझ चर्चा बटुलेको छ ।

    बार्सिलोनाबाट उदाएका यामालले बाल्यकालदेखि नै मेस्सीलाई आफ्नो आदर्श मान्दै आएका छन् । अहिले विश्वकपको मञ्चमा उनले आफ्नै आदर्शसँग जोडिएको ऐतिहासिक संयोग सिर्जना गरेका हुन् । यामालले मेस्सीसँगको समानता मात्र कायम गरेनन् । एउटा कीर्तिमानमा भने उनलाई उछिनेका पनि छन् । विश्वकपमा पहिलो गोल गर्दा उनी मेस्सीभन्दा १४ दिन कम उमेरका थिए । यसले उनलाई विश्वकपमा गोल गर्ने खेलाडीहरूको सूचीमा अझ माथिल्लो स्थानमा पु¥याएको छ ।

    साउदी अरेबियाविरुद्ध ४–० को जितमा गोल गरेका यामाल विश्वकप इतिहासमा गोल गर्ने आठौँ सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । चोटबाट पुनरागमन गरिरहेका १८ वर्षीय विङ्गरले प्रतियोगिताको पहिलो सुरुआती अवसरमै गोल गर्दै आफू किन विश्व फुटबलको भविष्य मानिन्छन् भन्ने प्रमाण समेत दिएका छन् ।

    फुटबल इतिहासमा संयोगहरू धेरै देखिए पनि मेस्सी र यामालबीचको यो समानता भने असाधारण मानिएको छ । एकातिर विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मेस्सी, अर्कोतिर उनको पदचाप पछ्याइरहेका युवा प्रतिभा यामाल—दुवैको विश्वकप यात्राको सुरुआत एउटै उमेर, एउटै जर्सी नम्बर र एउटै खुट्टाबाट आएको गोलसँग जोडिनु आफैंमा अनौठो कथा बनेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो

    पीएल सिंह मेमोरियल टी–२० कपको खेलमा काठमाडौं र ललितपुर महानगरपालिका विजयी

    फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

    ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

    कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

    दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो,…

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑