सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक रोनाल्डिन्हो गाउचोले ४६ वर्षको उमेरमा व्यावसायिक फुटबलमा आश्चर्यजनक पुनरागमन गरेका छन्।
ब्राजिलका विश्वकप विजेता तथा पूर्व ब्यालोन डी’ओर विजेता रोनाल्डिन्होले इटालीको तेस्रो श्रेणी (सिरी सी) क्लब राभेन्ना एफसीसँग औपचारिक सम्झौता गरेका हुन्। सन् २०१५ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट अन्तिम व्यावसायिक खेल खेलेपछि करिब एक दशक मैदानबाहिर रहेका उनी पुनः प्रतिस्पर्धात्मक फुटबलमा फर्किएका हुन्।
इटालियन सञ्चारमाध्यमका अनुसार रोनाल्डिन्होलाई जुन २३ मा अमेरिकाको मियामीमा आयोजना हुने विशेष कार्यक्रममा राभेन्नाका नयाँ खेलाडीका रूपमा सार्वजनिक गरिनेछ।
सम्झौतापछि प्रतिक्रिया दिँदै रोनाल्डिन्होले भनेका छन्, “नयाँ रङ, उही मुस्कान। म फेरि एकपटक बलसँग नाच्न र राभेन्नामा फुटबलको वास्तविक खुसी छर्न आतुर छु।”
राभेन्ना क्लबका इटालियन–अमेरिकी मालिक इग्नाचियो सिप्रियानीसँगको निकट सम्बन्धका कारण यो सम्झौता सम्भव भएको बताइएको छ। सुरुआतमा रोनाल्डिन्होको आगमन केवल प्रचार–प्रसार र व्यावसायिक उद्देश्यका लागि हो भन्ने अनुमान गरिए पनि क्लबका उपाध्यक्ष तथा पूर्व एसी मिलान खेल निर्देशक अरिएडो ब्राइडाले उनी वास्तविक खेलमा पनि मैदान उत्रिन सक्ने सम्भावना रहेको संकेत दिएका छन्।
रोनाल्डिन्होको यो अप्रत्याशित पुनरागमनले इटालीको तेस्रो डिभिजन क्लब राभेन्नालाई एकाएक विश्व फुटबलको चर्चाको केन्द्रमा पुर्याएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा