सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज मध्यरातिबाट मेक्सिकोमा सुरु हुँदैछ । ४८ टोली, अमेरिका, मेक्सीको र क्यानडाका १६ आयोजक सहर र १०४ खेल समावेश भएको यो विश्वकप जुलाई १९ मा न्यूयोर्कमा सम्पन्न हुनेछ । लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, किलियन एम्बाप्पे र लामिन यामालजस्ता सुपरस्टारको उपस्थितिले प्रतियोगिताको आकर्षण थप बढाएको छ । तर यसपटक पनि विश्व फुटबलका केही चर्चित अनुहार भने विश्वकपको रंगमञ्चमा देखिने छैनन् ।
क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टोलीको अन्तिम सूचीमा स्थान बनाउन नसकेका वा आफ्नो देश नै छनोट हुन नसकेका कारण धेरै स्टार खेलाडी विश्वकपबाट बाहिरिएका छन् । यसले फुटबल समर्थकलाई केही निराश बनाएको छ । यस पटकको विश्वकपमा मिस हुने सबैभन्दा चर्चित नाममध्ये एक हुन् इटालीका गोलकिपर जियानलुइजी डोनोरुम्मा । युरोपक २०२१ मा इटालीलाई उपाधि दिलाउने क्रममा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका डोनोरुम्माले अहिलेसम्म विश्वकप खेल्न पाएका छैनन् । इटाली लगातार तेस्रो संस्करणका लागि विश्वकपमा छनोट हुन असफल भएपछि २७ वर्षीय गोलकिपर डानोरुम्माको विश्वकप सपना फेरि अधुरै रहेको हो ।
नेदरल्यान्ड्सका राइटब्याक जेरेमी फ्रिमपोङ पनि अन्तिम टोलीमा अटाउन सकेनन् । जाबी अलोन्सोको नेतृत्वमा बायर लेभरकुसेनको ऐतिहासिक सफलताका मुख्य पात्र रहेका फ्रिमपोङले लिभरपुलमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । यही कारण प्रशिक्षक रोनाल्ड कोमानले उनलाई अन्तिम टोलीमा समावेश गरेनन् । स्पेनका युवा सेन्टरब्याक डीन होइसन र लेफ्टब्याक आल्भारो क्यारेरास पनि विश्वकप टोलीमा स्थान बनाउन असफल भएका छन् । रियल मड्रिडका यी दुई खेलाडीले सिजनभर राम्रो प्रदर्शन गरे पनि स्पेनका प्रशिक्षक लुइस डे ला फुयन्टेले अनुभवलाई प्राथमिकता दिँदै अन्य विकल्प रोजे ।
इङ्ल्यान्डका अनुभवी सेन्टरब्याक ह्यारी मग्वायर पनि यसपटक टोलीबाहिर छन् । ६६ अन्तर्राष्ट्रिय खेल खेलेका मग्वायरले आफ्नो तेस्रो विश्वकप खेल्ने आशा गरेका थिए । तर प्रशिक्षक थोमस टुचेलले नयाँ पुस्ताका डिफेन्डरलाई अवसर दिएपछि मग्वायरको विश्वकप सपना पूरा हुन सकेन । मिडफिल्डमा फ्रान्सका एड्वार्डो कामाभिंगाको अनुपस्थिति पनि चर्चाको विषय बनेको छ । इन्जुरीका कारण उनले सिजनभर निरन्तर खेल्न नसकेपछि प्रशिक्षक डिडियर डेस्च्याम्पले उनलाई अन्तिम टोलीमा समावेश गरेनन् । त्यस्तै, पोर्चुगलका युवा मिडफिल्डर म्याटियस फर्नान्डेज पनि उत्कृष्ट क्लब प्रदर्शनका बाबजुद विश्वकप टोलीमा अटाउन सकेनन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा