• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विमानस्थलमा फेरी फेला पर्यो आधा किलो सुन

      हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

      तलेजु भवानी मन्दिरमा कुमारी पूजा, बालिकाहरूको उल्लेख्य सहभागिता

      सीएनएनसहित तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश दिन अदालतको आदेश

      काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको अन्त्येष्टि हुँदै

      सीलाई विमानस्थलमै भव्य स्वागत गर्दै ट्रम्पले भने– ‘प्रतिस्पर्धी होइन, साझेदार बनौँ’

      जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग

      राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

      डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो

      पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

      पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

      काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट

      सात सय वर्ष पुरानो पञ्चदेवल संरक्षणको पर्खाइमा

      राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो

    होमपेज /  राजनीती

    ‘६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २६, मंगलबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९१ पटक पढिएको
  • काठमाडौं । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् ।

    मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को ३१ औं स्थापना दिवसको अवसरमा समाजले गरेको कार्यक्रममा वक्ताहरुले विसे नगर्चि सबैको प्रेरक भएको बताए ।

    पूर्वराजदूत पदम सुन्दासले देशमा पछिल्लो समय बढ्दै गएको जातिय विभेद तथा दलितमाथिको अत्याचार विरुद्ध देशभरीका दलितहरु एकजुट हुन आह्वान गरेका छन् ।

    परियार सेवा समाजका अध्यक्ष बल बहादुर सुन्दासले देशभरी ठूलो उपस्थिति रहेको दलित समूदाय एक नहुँदा उनीहरुमाथि दमन बढेको बताए । उनले परियार समाज मात्रै नभएर ६० लाख दलित एक भएर प्रतिवादमा उत्रनुपर्नेमा जोड दिए ।

    संविधान सभा सदस्य सुजाता परियारले लामो संघर्षपछि संविधानमार्फत दलितका हकअधिकार लिपिबद्ध गरिए पनि अझै लागु हुननसकेको भन्दै दुःख व्यक्त गरिन् ।

    डा.मित्र परियारले देशमा एकपछि अर्को गर्दै दलित समुदायमाथि दमन बढ्न थालेकाले त्यस विषयमा गम्भीर समिक्षा गरेर सशक्त आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए ।

    उनले केही महिनाभित्रमा देशभर दलित युवा युवतीहरु कथित उपल्लो जातिय सोचको शिकार भएको तर दलितहरु मौन भएकोप्रति आक्रोश व्यक्त गरे ।

    ‘हालै जनक परियार बोलेकै भरमा हप्ता दिन हिरासत बस्नुभयो, सिन्धुलीका श्रीकृष्ण विकको न्याय घाममा सुख्यो, दिपा नेपाली विभेदविरुद्ध सडकमा छन्, अनि खगेन्द्र सुनारहरु मौन बस्नु भएको छ, हामी विभक्त छौं’, परियारले भने ।

    पूर्वसांसद लक्ष्मी परियारले समाजलाई थप सशक्त भएर दलितका मुद्दाहरुलाई बुलन्द बनाउन होस्टेमा हैंसे गर्न तयार रहेको बताइन् ।

    विसे नगर्चि एकताको प्रतिक नेपालका अध्यक्ष राम कुमार रणपालले विसे नगर्चि सम्पूर्ण दलितहरुको प्रेरक भएकाले उहाँको सालिकहरु बनाउने क्रम जारी रहेको बताए ।

    जेनजी यूनाइटेडका संयोजक जनक परियारले दलित समुदायका युवायुवतीहरुमाथि दमन बढेकाले अफूहरु थप सशक्त भएर अगडि बढ्नुपर्नेमा जोड दिए ।

    अधिवक्ता सितारमा घलेले संविधानले दलित तथा उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गरेपनि समाजको चेतना स्तरमा परिवर्तन नहुँदा उनीहरु अझै पीडामा बाँच्न बाध्य भएको बताए ।

    वरिष्ठ उपाध्यक्ष कृष्ण रणपालले ३१ वर्षसम्म निरन्तर समाज अगाडि बढाईरहेको र त्यसलाई थप सशक्त बनाउन सबैलाई साथ दिन अपिल गरे ।

    महासचिव अन्जान गौतमले परियार सेवा समाज विभक्त भएर भन्दा एकजुट भएर सामाजिक उत्पीडन विरुद्ध लड्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा गोरखा नगरपालिका पोखरीथोकमा सालिक निर्माणको मुख्य भूमिका खेल्ने समाजका अध्यक्ष अप्र मेजर बल बहादुर सुन्दास, काठमाडौं चन्द्रागिरी नगरपालिका बाडभंज्याङमा ‘विसे नगर्चि स्मृति वाटिका’ निर्माण समितका अध्यक्ष दिनेश कुमार परियार र बुटवल उप–महानगर पालिका मणि मुकुन्द सेन उद्यान पार्क फूलबारीमा ‘विसे नगर्चि एकताको प्रतिक नेपाल’का अध्यक्ष रामकुमार रणपाललाई समाजले सम्मान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

    एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विमानस्थलमा फेरी फेला पर्यो आधा किलो सुन

    हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

    तलेजु भवानी मन्दिरमा कुमारी पूजा, बालिकाहरूको उल्लेख्य सहभागिता

    सीएनएनसहित तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश दिन अदालतको…

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ :…

    परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता

    भारी वर्षाको सम्भावना : बिदामा पनि सम्पर्कमा रहन…

    आर्थिक

    धनगढीमा एभरेस्ट बैंकको नयाँ भवन र शाखा सञ्चालनमा

    ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑