• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

      रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

      रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

      आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

      फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

      प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग

      प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह

      फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

      यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम शीर्ष स्थानमा 

      इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

      हरित सडक अभियान : सडक किनार बन्यो बगैँचा

      बानियाँको पहलमा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

      २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

      काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

    होमपेज /  समाचार

    इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २५, सोमबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत वर्ष १ लाख ९१ हजार ३०२ मेट्रिक टन उखु प्रशोधन गरेको जनाएको छ ।

    कम्पनीले अघिल्लो वर्ष सन २०२४ मा १ लाख ८५ हजार ५०४ मेट्रिक टन उखु प्रशोधन गरेको थियो । उखु प्रशोधनको मात्रा बढे पनि चिनी उत्पादनमा प्राप्त हुने ‘रिकभरी रेट’ घट्दा कम्पनीको नाफामा असर परेको इक्राको प्रतिबेदनमा उल्लेख छ । कम्पनीका अनुसार कम्पनीको चिनी रिकभरी दर सन् २०२४ को ८.८ प्रतिशतबाट घटेर सन् २०२५ मा ८.३ प्रतिशतमा झरेको छ । उखुको गुणस्तरसम्बन्धी समस्याका कारण रिकभरी दर घट्दा सञ्चालन नाफा मार्जिन (ओपीएम) पनि १५.३ प्रतिशतबाट ९.३ प्रतिशतमा खुम्चिएको छ ।

    सरकारले आर्थिक वर्ष २०२४÷२५ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ निर्धारण गरेको थियो, जुन अघिल्लो वर्ष ५६५ रुपैयाँ थियो । उखुको मूल्य वृद्धि हुँदा उत्पादन लागत बढेर कम्पनीको नाफामा थप दबाब परेको मूल्यांकन गरिएको छ । यस्तै, चालु आर्थिक वर्षका लागि सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ पु¥याएको छ । अर्कोतर्फ चिनी आयातमा लाग्ने भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएको छ । यसले स्वदेशी चिनी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने तथा नाफा मार्जिन थप कमजोर हुने जोखिम देखिएको छ । कम्पनीले चिनी आयातमा भन्सार शुल्क कटौतीले स्वदेशी उद्योगहरूलाई चुनौती थपेको उल्लेख गरेको छ । यद्यपि भारतले हालै चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपाली उद्योगहरूलाई केही समयका लागि राहत दिन सक्ने अपेक्षा गरिएको छ ।

    कम्पनीको वित्तीय अवस्था भने अझै कमजोर रहेको मूल्यांकन गरिएको छ । विगतका सञ्चित नोक्सानी र ऋणमा आधारित लगानीका कारण कम्पनीको पूँजी संरचना दबाबमा रहेको छ । ऋण सेवा क्षमता सन् २०२४ को १.१ गुणाबाट घटेर सन् २०२५ मा १.० गुणामा झरेको छ भने ब्याज भुक्तानी क्षमता पनि उल्लेख्य रूपमा कमजोर भएको छ ।  त्यसैगरी कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात (टीडी÷ओपीबिट्डा) ५.३ गुणाबाट बढेर ९.६ गुणामा पुगेको छ । कम्पनीको कार्यशील पूँजी आवश्यकता पनि बढ्दै गएको छ । सञ्चालन आम्दानीको तुलनामा कार्यशील पूँजीको अनुपात ३३ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको छ ।

    कम्पनीले कम्पनीको आम्दानी मुख्य रूपमा चिनी बिक्रीमै निर्भर रहेकाले आम्दानी स्रोतको विविधीकरण नहुनु पनि जोखिमको विषय रहेको जनाएको छ । साथै उखु खेती मौसम, वर्षा, रोग–कीरा तथा अन्य कृषि–जलवायुजन्य जोखिममा निर्भर रहने भएकाले चिनी उद्योगको व्यवसाय स्वभावतः चक्रीय र जोखिमयुक्त रहेको उल्लेख गरिएको छ ।

    इ

    स्टर्न सुगर मिल्स लिमिटेड १९९४ मा स्थापना भएको कम्पनी हो भने यसको व्यावसायिक सञ्चालन सन् १९९६ देखि सुरु भएको हो । कम्पनीको दैनिक उखु प्रशोधन क्षमता २,५०० टन रहेको छ । यसको चिनी उत्पादन उद्योग सुनसरी जिल्लाको अमाहीबेला क्षेत्रमा अवस्थित छ । यो कम्पनी मुख्य रूपमा दुई व्यावसायिक समूह—गोल्छा समूह र विशाल समूहद्वारा प्रवद्र्धित कम्पनी हो । यसबाहेक विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरूको पनि कम्पनीमा लगानी रहेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

    फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

    फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

    हरित सडक अभियान : सडक किनार बन्यो बगैँचा

    बानियाँको पहलमा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

    आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

    रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत…

    रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत…

    आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि…

    २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

    आइतबारको बिदा खारेज हुने समाचार गलत : सरकारले…

    मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त…

    भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ :…

    आर्थिक

    नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    बजारमा आँप, किनमेल गर्नेको चाप 

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑