सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सोमबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको छ।
बैठकमा रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता विपीन आचार्य र दीपक बोहोरा सहभागी भएका छन्। नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन पनि बैठकमा उपस्थित छन्।
त्यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेत्री शाहजान खातुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र सांसद खुश्बु ओली बैठकमा सहभागी भएका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई अध्यक्ष वा सभापतिसहित दुई–दुई जना सहभागी गराउने गरी निमन्त्रणा गरिएको भए पनि नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरू भने बैठकमा उपस्थित भएनन्। एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महर बैठकस्थल पुगेका छन्।
यसैबीच, विपक्षी दल श्रम संस्कृति पार्टी बाट कुनै प्रतिनिधि बैठकमा सहभागी नभएको जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, संसद्को भूमिका तथा दलहरूबीचको सहकार्यबारे छलफल हुने अपेक्षा गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा