• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सिंहदरबारमा दिए १८ बुँदे सुझाव

      सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा

      भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा

      परराष्ट्रमन्त्री खनालले भने : पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ

      नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

      प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ

      बालेनसँगको भेटपछि कुलमानले भने– राजनीतिक छलफल भयो, सरकार सफल बनाउने प्रतिबद्धता दिएको छु

      बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर ​पशुपति आर्यघाटमा दाहसंस्कार (तस्विरहरू)

      भोटेकोशी बाढी : १ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्कविहीन

      लाङटाङ खोला जलविद्युत् आयोजनामा फसेका दुई कर्मचारीको शव भेटियो

      गगन थापाको अपिल- ‘सहयोग गर्न सक्ने जुटौँ, नसक्नेले कटु वचन नबोलौँ

      मलेसियालाई ६ विकेटले हराउँदै नेपालले हात पार्‍यो लगातार दोस्रो जित

      नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

      साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

      कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट

    होमपेज /  कर्णाली

    कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ १२, मंगलबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६२ पटक पढिएको
  • कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद् बीमा गरेको छ । प्राकृतिक विपद्बाट हुने जनधनको क्षति सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच एक वर्षका लागि बीमा सम्झौता गरिएको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड काठमाडौंबीच यसअघि १ असोज २०७६ मा भएको सम्झौताकै आधारमा नयाँ समझदारी गरिएको जनाइएको छ । यो प्राकृतिक विपद्बाट हुने क्षतिको बीमा सम्झौता अवधि एक बर्षको हुनेछ । कार्यविधिअनुसार सञ्चालन हुने यो बीमालेखमा कर्णाली प्रदेशका १६ लाख ८८ हजार चार सय १२ जना नागरिक समेटिएका छन् । प्रतिव्यक्ति बीमाङ्क दुई लाख रुपैयाँ कायम गरिएको छ ।

    प्रदेश सरकारले प्रतिव्यक्ति वार्षिक नौ रुपैयाँ ३३ पैसाका दरले बीमा शुल्क तिर्नेछ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक करोड ५७ लाख ५२ हजार नौ सय चार रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ । प्राकृतिक विपद्का कारण मृत्यु भएका व्यक्तिका परिवारले बीमा दाबी गर्न पाउनेछन् । बीमा दाबीका लागि घटना भएको ३५ दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

    तोकिएको अवधिभित्र दाबी गर्न नसकिएमा ढिलाइ हुनुको कारण खुलाएर सम्बन्धित कार्यालय, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको सिफारिससहित एक सय ८० दिनभित्र दाबी गर्न सकिने प्रावधान राखिएको छ । बीमा सुविधा पाउन कर्णाली प्रदेशका स्थायी बासिन्दा हुनुपर्नेछ । देशको जुनसुकै स्थानमा प्राकृतिक विपद्का कारण मृत्यु भएका कर्णालीका स्थायी नागरिक पनि यस योजनाअन्तर्गत समेटिएका छन् । अन्य प्रदेशमा स्थायी बसोबास भई कर्णालीमा सरकारी, गैरसरकारी वा अन्य क्षेत्रमा कार्यरत नेपाली नागरिकलाई समेत बीमा कार्यक्रममा समावेश गरिएको छ ।

    हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, भूकम्प, बाढी तथा जलमग्न, पहिरो, जमिन धसिने, डुबान, हावाहुरी, आँधीबेहरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी, डढेलो, जंगली जनावरको आक्रमण, भिरबाट लड्ने, ढुंगा खस्ने, खोला वा नदीमा डुब्ने वा बग्ने जस्ता प्राकृतिक विपद्बाट हुने मृत्युका घटनालाई बीमाले समेट्ने छ ।

    यसअघि जंगली जनावरको आक्रमण, भिरबाट लडेर, भिरबाट खसेको ढुंगाको कारण मृत्यु भएमा, खोला वा नदीमा डुवी मृत्यु भएमा भन्ने विषय थिए यो प्रावधान यसपटकदेखि लागू भएको हो । बीमा दाबी प्रक्रियालाई सहज बनाउन कम्पनीले कर्णालीका सबै जिल्लामा एक–एक जना प्रतिनिधि खटाउने व्यवस्था गर्नुपर्नेछ । घटनास्थलबाट आवश्यक कागजात संकलन गर्ने जिम्मेवारी ती प्रतिनिधिलाई दिइनेछ ।

    त्यस्तै, बीमा कार्यक्रमबारे जनस्तरसम्म जानकारी पुर्याउन कम्पनीले प्रभावकारी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेछ भने प्रदेश सरकारले समेत प्रचार–प्रसारमा जोड दिने जनाइएको छ । सम्झौतामा बीमितको भुक्तानी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन कम्पनीले कार्यालय, कम्पनी र लाभग्राहीबीच समन्वय गर्ने संयन्त्र विकास गर्नुपर्ने उल्लेख छ । बीमा रकम भुक्तानी गर्दा स्थानीय तहको सिफारिस र कागजातलाई प्रमाणका रूपमा स्वीकार गर्नुपर्नेछ । पूर्ण कागजात पेश भएको मितिले बढीमा १५ दिनभित्र हकवालाको बैंक खातामा सिधै रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा

    भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

    बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

    हेल्मेटबिना मोटरसाइकल चलाएको भन्दै मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सिंहदरबारमा दिए १८ बुँदे…

    सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु…

    भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक…

    परराष्ट्रमन्त्री खनालले भने : पुनर्निर्माणका लागि ठूलो स्रोत…

    बालेनसँगको भेटपछि कुलमानले भने– राजनीतिक छलफल भयो, सरकार…

    विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८…

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    आर्थिक

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑