सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ — सुरक्षण मुद्रण केन्द्र ले छापिएका गाडी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण आफ्नै वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ। सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सहज जानकारी उपलब्ध गराउने र वितरण प्रक्रियालाई छिटो तथा प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था सुरु गरिएको हो।
केन्द्रका अनुसार अब सेवाग्राहीले आफ्नो लाइसेन्स छापिएको छ वा छैन भन्ने जानकारी अनलाइनमार्फत हेर्न सक्नेछन्। यसले अनावश्यक रूपमा कार्यालय धाउने झन्झट कम हुने अपेक्षा गरिएको छ।
यातायात व्यवस्था विभाग र सम्बन्धित यातायात कार्यालयहरूसँगको समन्वयमा छापिएका लाइसेन्स कार्डहरू सम्बन्धित स्थानमा पठाउने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ। यसले वितरण प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने विश्वास लिइएको छ।
हाल केन्द्रले दैनिक करिब ४० हजार प्रति लाइसेन्स छापिरहेको छ। छपाइ कार्य दुई सिफ्टमा सञ्चालन भइरहेको र पछिल्लो समय उत्पादन दर उल्लेख्य रूपमा बढाइएको जानकारी दिइएको छ।
केन्द्रले आउँदो असार मसान्तसम्म करिब २९ लाख प्रति लाइसेन्स छापिसक्ने लक्ष्य राखेको छ। लामो समयदेखि थन्किएका आवेदनहरूलाई सम्बोधन गर्ने गरी यो लक्ष्य निर्धारण गरिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले लाइसेन्स वितरणमा भइरहेको ढिलासुस्ती हटाउन निर्देशन दिएपछि छपाइ कार्यले तीव्रता पाएको हो। मन्त्रालयले सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूलाई समन्वय र कार्यक्षमता बढाउन आग्रह गरेको छ।
नयाँ व्यवस्थासँगै लाइसेन्सको अवस्था बुझ्न र प्राप्त गर्न सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी लामो समयदेखि लाइसेन्स कुर्दै आएका सेवाग्राहीलाई यसले राहत दिने विश्वास गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा