सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साह ‘कमल’ ले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आइतबार साहको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
कर्जा सूचना केन्द्रले उनको नाम कालोसूचीमा राखेका कारण निर्वाचन आयोगले गत फागुन १८ गते साहको उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए ।
सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले विजयी घोषणा गरेका नेकपाका उम्मेदवार मातृका यादवको जितलाई मान्यता प्राप्त भएको छ ।
उक्त क्षेत्रको निर्वाचन परिणामलाई लिएर राजनीतिक वृत्तमा समेत चासो देखिएको थियो । रास्वपाले चुनावी प्रक्रियामा भएका केही निर्णयप्रति असन्तुष्टि जनाउँदै अदालतमा रिट दायर गरेको जनाएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा