सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउन पार्टी विधान संशोधन गर्ने तयारी गरेको छ।
शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेर चुनावमा गएको रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत नजिकको सफलता हासिल गरेको छ।
रास्वपाको वर्तमान विधानको धारा ६६ मा संसदीय दलको नेता छनोटको व्यवस्था छ। धारा ६६ (८) को (क) अनुसार संघीय निर्वाचनअघि पार्टीबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने व्यवस्था उल्लेख गरिएको छ।
यस्तै उपधारा (ख) मा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान छ। रास्वपाले यही प्रावधान संशोधन गरेर प्रक्रिया परिवर्तन गर्ने तयारी गरेको बताइएको छ।
हालको विधानअनुसार कुल खसेको सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार पार्टीको संसदीय दलको नेता हुने व्यवस्था छ। यदि कुनै उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन गरिने र त्यसमा विजयी हुने उम्मेदवार दलको नेता बन्ने प्रावधान रहेको छ।
यसैबीच रास्वपा अहिले समानुपातिकतर्फका उम्मेदवार छनोटको गृहकार्यमा पनि जुटेको छ। पार्टी सभापति रवि लामिछाने केही दिनदेखि अस्वस्थ भएर घरमै स्वास्थ्य लाभ गरिरहेकाले औपचारिक बैठक बस्न भने ढिलाइ भइरहेको बताइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइका लागि दुई सिट अपुग हुने गरी १८२ सिट जितेको थियो। पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा