सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जित्दै सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ । कुल १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिट हात पारेको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ८ सिट जितेको छ ।
यसैबीच समानुपातिक तर्फको मतगणनामा पनि रास्वपाले अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार रास्वपाले ४९ लाख ८७ हजार ७०० मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले समानुपातिकतर्फ १६ लाख ९१ हजार ७६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ७ हजार ९२३ मत पाएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ३९२ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सिट प्राप्त गर्न राजनीतिक दलले कुल मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।
हालसम्मको मतगणनाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्र उक्त थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छन् । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा, जससँग पूर्व काठमाडौं महानगरपालिकाका मेयर तथा ¥यापर बालेन्द्र शाह पनि आबद्ध रहेका छन् । यो पार्टी यस निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै संसदमा बलियो उपस्थिति बनाउने दिशामा अघि बढेको देखिन्छ ।
यही ट्रेन्ड कायम रहेमा रास्वपाले समानुपातिकबाट मात्रै करिब ६० सिट थप्ने अनुमान गरिएको छ । यसरी प्रत्यक्ष र समानुपातिक जोड्दा रास्वपाको कुल सिट संख्या १८५ पुग्न सक्छ, जुन २७५ सदस्यीय प्रतिनिधिसभामा दुई–तिहाइ बहुमत (१८४ सिट) भन्दा बढी हो ।
रास्वपाको लहरले पुराना स्थापित दलहरूलाई निकै पछाडि छाडेको छ । बालेन शाह र रास्वपाको यो सफलतालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बधाई दिएका छन् ।
सोमबार साँझ रास्वपा सभापति रवि लामिछाने र नेता बालेन शाहसँग टेलिफोन संवाद गर्दै प्रधानमन्त्री मोदीले चुनावी सफलताको लागि शुभकामना दिएका हुन् । उनले अब नयाँ बन्ने सरकारसँग मिलेर भारत र नेपालको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । एएनआई
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा