सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा अमेरिकी तथा इजरायली आक्रमण कारण नेपालबाट हुने नियमित उडान रद्द भएको जनाएको छ ।
आजका लागि तय गरिएका विभिन्न सातवटा वायुसेवा कम्पनीका दर्जनभन्दा बढी उडानहरु रद्द गरिएको विमानस्थलले जानकारी दिएको छ ।
सोमबार जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कुवेत, शारजाह, दुबई, दोहा र दमामका उडानहरु रद्द भएको विमानस्थलले जनाएको छ ।
फ्लाई दुबईका उडानहरु आगामी मार्च ११ तारिखसम्म नै रद्द गरिएको सूचनामा उल्लेख छ ।
यात्रुहरूलाई थप जानकारीका लागि आ–आफ्नो वायुसेवा कम्पनीको वेबसाइट वा उपलब्ध गराइएका टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न विमानस्थलले समेत आग्रह गरिएको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा