सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित लभ सिंह बायो मेडिकल सञ्चालन गर्दै आएका युवा उद्यमी लभ सिंह स्वास्थ्य सेवा तथा समाजसेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित बन्दै गएका छन्। उनले आफ्नो व्यवसायमार्फत अक्सिजन सिलिन्डर लगायत विभिन्न स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएका छन्।
व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएका सिंहले आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा परेका बिरामीहरूलाई निःशुल्क रूपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने गरेका छन्। उपचारका क्रममा समस्या झेलिरहेका बिरामी तथा परिवारलाई सहयोग पुग्ने उद्देश्यले उनले यस्तो पहल गर्दै आएका हुन्।
स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने लक्ष्यका साथ उनले आफ्नो व्यवसायलाई समाजसेवासँग जोड्दै आएका छन्। स्थानीय स्तरमा बिरामीहरूलाई आवश्यक स्वास्थ्य सामग्री सहज रूपमा उपलब्ध गराउनुका साथै आवश्यक परेमा व्यक्तिगत रूपमा पनि सहयोग गर्ने गरेको स्थानीयवासीहरू बताउँछन्।
स्थानीयवासीका अनुसार लभ सिंहको यस प्रकारको पहलले धेरै बिरामी र परिवारलाई राहत मिलेको छ। स्वास्थ्य क्षेत्रमा उनले पुर्याएको योगदानलाई समुदायले प्रशंसनीय कार्यका रूपमा लिने गरेका छन्।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा