• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु आजको आवश्यकता : उम्मेदवार पोखरेल

      प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

      निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि कारबाही, सुरक्षा अवस्था सन्तोषजनक : आयोग

      सल्यानमा निर्वाचन आचारसंहिता उलंघनका २८ उजुरी दर्ता

      पर्यटन, रोजगारी र सुशासनमा रूपान्तरणको प्रतिवद्धता : गगन थापा

      गृहमन्त्री विभिन्न जिल्लाका मतदान स्थलको अनुगमनमा

      फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ : उम्मेदवार गौतम

      उच्च उचाइमा बस्ने मानिसमा मधुमेहको जोखिम कम हुनुको वैज्ञानिक रहस्य पत्ता लाग्यो

      अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : ओली

      मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

      जिल्ला प्रशासन काठमाडौंले लगायो होली मेला र सांगीतिक कार्यक्रम गर्न रोक

      गोलबजार नगरपालिका–२ गुरु धाममा दुःखद घटना, करेन्ट लागेर एक जनाको ज्यान गयो

      सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

      निर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

      बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल

    होमपेज /  समाचार

    निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि कारबाही, सुरक्षा अवस्था सन्तोषजनक : आयोग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १५, शुक्रबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७६ पटक पढिएको
  • काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म प्राप्त निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमा आयोगले सक्रिय रूपमा कारबाही गरिरहेको बताएका छन् ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले विभिन्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालामाथि स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने, सचेत गराउने तथा विभागीय कारबाही सिफारिस गर्ने काम जारी रहेको जानकारी दिए ।

    उनका अनुसार आयोगले हालसम्म १८८ उजुरीमा स्पष्टीकरण सोधेकोमा ९७ उजुरीको जवाफ प्राप्त भइसकेको छ । कतिपयमा पुनः स्पष्टीकरण माग गरिएको छ भने चित्तबुझ्दो जवाफ आएको अवस्थामा एकपटककै स्पष्टीकरणलाई अन्तिम मानिएको उनले बताए ।
    प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी उजुरी बागमती प्रदेशमा परेको छ । त्यस्तै कोशीमा ८, मधेसमा १३, गण्डकीमा ६, लुम्बिनीमा ७, कर्णालीमा ४ र सुदूरपश्चिममा ४ उजुरी परेका छन् ।

    आयोगले तीन उम्मेदवार र एक राजनीतिक दलमाथि कारबाही गरेको जानकारी दिँदै उनले एक दल र दुई उम्मेदवारलाई जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको बताए । दुई उम्मेदवारलाई पुनः गल्ती नदोहो¥याउन सचेत गराइएको छ भने एउटा प्रकरणमा आचारसंहिता विपरीत गरिएको कर्मचारी पदस्थापनालाई बदर गरी पूर्ववत् अवस्थामा फर्काइएको छ ।

    त्यस्तै, आचारसंहिता उल्लङ्घन गरेको आरोपमा एक निजामती कर्मचारी र एक शिक्षकविरुद्ध विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको आयोगले जनाएको छ ।

    जिल्ला आचारसंहिता अनुगमन समितिमा हालसम्म १ हजार ७६ उजुरी परेको र तीमध्ये १ हजार ६१ उजुरी फछ्र्योट भइसकेको उनले जानकारी दिए । प्रतिशतका हिसाबले करिब ९९ प्रतिशत उजुरी फछ्र्योट भएको आयोगको दाबी छ ।

    उजुरीको प्रकृतिअनुसार तोकिएको आकारभन्दा ठूलो ब्यानर, झण्डा प्रयोग, सामाजिक सञ्जाल दुरुपयोग, ध्वनि प्रदूषण, कर्मचारी–शिक्षकको प्रचारमा संलग्नता तथा अनुमति नलिएका सवारी साधन प्रयोगजस्ता विषय बढी देखिएको उनले बताए ।

    आयोगले निर्वाचन सुरक्षाबारे उच्चस्तरीय बैठकमार्फत समीक्षा गरेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले देशभरि सुरक्षा अवस्था सन्तोषजनक रहेको जानकारी दिए ।

    उनका अनुसार दलहरूले आफ्ना कार्यक्रम मतदातासमक्ष निर्बाध रूपमा लैजान पाएका छन् र मतदाताले स्वतन्त्र वातावरणमा मतदान गर्न सक्ने अवस्था कायम रहेको छ । छिटफुट घटनाहरू भए पनि स्थानीय प्रशासनले तत्काल सम्बोधन गरेको उनले बताए ।

    आयोगले नेपाल सरकारलाई निर्वाचन अवधिमा मदिरा बिक्री नियन्त्रण गर्ने, मतदानअघि ७२ घण्टा सीमा नाका बन्द गर्ने तथा मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा कडाइ गर्ने सिफारिस गरेको छ ।

    मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्दा मतदाता परिचयपत्र नभए नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रमध्ये कुनै एक सक्कल कागजात प्रस्तुत गरे मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

    निर्वाचन खर्च पारदर्शिताका लागि बैंक खाता अनिवार्य गरिएको उल्लेख गर्दै उनले हालसम्म ११ राजनीतिक दल र १ हजार ६७० उम्मेदवारले बैंक खाता सञ्चालन गरेको जानकारी दिए ।

    त्यस्तै, ४३ राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाएको रेकर्ड रहेको उनले बताए ।

    आयोगको सूचना इकाइले हालसम्म ६१२ वटा भ्रामक सूचनासम्बन्धी सामग्री पहिचान गरी सम्बन्धित निकायमा कारबाहीका लागि पठाएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम ९ग्ल्म्ए० को अध्ययनअनुसार सामाजिक सञ्जालमा फैलिएका भ्रामक सामग्रीमध्ये ठूलो हिस्सा कृत्रिम बौद्धिकता प्रयोग गरेर बनाइएको पाइएको उनले उल्लेख गरे ।

    देशभर ७५३ स्थानीय तहका हजारौँ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र आयोगले सामाजिक सञ्जालमार्फत पनि सयौँ सामग्री प्रसारण गरेको जनाएको छ ।

    आयोगले मतदान सामग्री सबै जिल्लामा पु¥याइसकेको तथा मतदान अधिकारीहरूको तालिम अन्तिम चरणमा रहेको जनाएको छ।

    प्रवक्ता भट्टराईले आयोगले मतपेटिका सङ्कलन र मतगणना प्रक्रिया छिटो बनाउने रणनीति अपनाएको बताउँदै सम्भव भएसम्म मतदानकै दिन साँझबाट मतगणना सुरु गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सल्यानमा निर्वाचन आचारसंहिता उलंघनका २८ उजुरी दर्ता

    गोलबजार नगरपालिका–२ गुरु धाममा दुःखद घटना, करेन्ट लागेर एक जनाको ज्यान गयो

    धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

    बाँकी रहेका कानुन निर्माण प्रक्रियालाई तीव्रता दिन आवश्यक छ : विमला घिमिरे

    रामेछापमा ९६ मध्ये ४१ मतदान स्थल अति संवेदनशील

    चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु…

    प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि कारबाही, सुरक्षा अवस्था सन्तोषजनक…

    सल्यानमा निर्वाचन आचारसंहिता उलंघनका २८ उजुरी दर्ता

    राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु…

    प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    गृहमन्त्री विभिन्न जिल्लाका मतदान स्थलको अनुगमनमा

    मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

    आर्थिक

    सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

    सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

    साना किसानलाई बजारसँग जोड्दै ‘बारीदेखि थालीसम्म’ मोडलमा पैंचो पसल निजी क्षेत्र र किसानबीच प्रभावकारी समन्वय नभए कृषि क्षेत्रको उन्नति असम्भव : ध्रुवराज न्यौपाने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑