• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

      सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

      कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

      उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

      संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

      फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

      वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

      बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

      सुनचाँदीको मूल्य घट्यो

      क्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा 

      रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

      हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

      एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल

      स्विडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश

    होमपेज /  मुख्य समाचार

    सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ १०, शनिबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६१ पटक पढिएको
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सशस्त्र प्रहरी बलले विगत २५ वर्षदेखि राष्ट्रको सुरक्षा व्यवस्थामा विशिष्ट र समर्पित भूमिका निर्वाह गर्दै आएको बताएकी छन्।

    शुक्रबार २५ औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सव–२०८२ को अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सीमा सुरक्षा, विपद् व्यवस्थापन, निर्वाचन सुरक्षा तथा नागरिक संरक्षणमा सशस्त्र प्रहरी बलको योगदान प्रशंसनीय रहेको उल्लेख गरिन्।

    प्रधानमन्त्री कार्कीले सशस्त्र प्रहरी बललाई अनुशासन, निष्ठा र पेशागत कौशलको उच्च उदाहरणका रूपमा चित्रण गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि निरन्तर राष्ट्रसेवामा खटिनु यस संगठनको पहिचान बनेको बताइन्।

    ‘सशस्त्र प्रहरी बल सैन्य र प्रहरी दुवै प्रकृतिको विशिष्टीकृत सुरक्षा संगठन हो,’ उनले भनिन्, ‘देशले भोगेका सशस्त्र द्वन्द्वदेखि लिएर पछिल्ला सुरक्षा चुनौतीहरू सामना गर्न यस बलको भूमिका स्मरणीय छ।’

    उनले सीमामा खटिएर राष्ट्रिय भूगोलको रक्षा गर्नुका साथै राजस्व संकलनमार्फत अर्थतन्त्र सुदृढ बनाउन सशस्त्र प्रहरी बलले पु¥याएको योगदान उल्लेखनीय रहेको बताइन्। कठिन भौगोलिक अवस्था र जोखिमपूर्ण कार्यक्षेत्रमा पनि निष्ठाका साथ सेवा गर्नु यस बलको विशेषता भएको प्रधानमन्त्रीको भनाइ थियो।

    प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी उच्च सतर्कता र व्यावसायिकताका साथ काम गर्न निर्देशन दिइन्। ‘निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन,’ उनले स्पष्ट भनिन्।

    स्रोत–साधनको सीमितताबीच पनि सुरक्षाकर्मीले कर्तव्य निर्वाह गरिरहेको यथार्थ सरकारलाई अवगत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले खाने, बस्ने र लगाउने आधारभूत आवश्यकताको सुनिश्चितता सरकारको प्राथमिकतामा रहेको बताइन्।

    आन्तरिक सुरक्षा मजबुत भए मात्र विकास सम्भव हुने भन्दै उनले सम्पूर्ण सुरक्षा संयन्त्रलाई विशेष महत्त्वका साथ हेरिएको स्पष्ट पारिन्।

    रजत जयन्तीलाई विगत २५ वर्षको समीक्षा र भावी दिशाको स्पष्ट मार्गचित्र कोर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गर्दै प्रधानमन्त्री कार्कीले बदलिँदो सुरक्षा चुनौती र प्रविधिको विकासलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बललाई अझ सक्षम, पारदर्शी, मानवअधिकारमैत्री र जनमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिइन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो, दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

    सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार…

    कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १०…

    उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा…

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई…

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    पेट्रोल र डिजेलको घट्यो मूल्य

    कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑