• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

      सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

      कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

      उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

      संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

      फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

      वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

      बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

      सुनचाँदीको मूल्य घट्यो

      क्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा 

      रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

      हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

      एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल

      स्विडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश

    होमपेज /  मुख्य समाचार

    सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन् : तारा लोचन न्यौपाने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ ९, शुक्रबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१६ पटक पढिएको
  • काठमाडौं । शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक सरस्वती पूजा, अर्थात् श्री पञ्चमी मनाइँदैछ । ज्ञान, विद्या, कला, संगीत र सृजनाकी देवी सरस्वतीको पूजा वैदिक सनातन परम्पराअनुसार विशेष महत्त्वका साथ गरिन्छ ।

    ‘ब्रह्मवैवर्त पुराण’ मा उल्लेख भएअनुसार विद्या, शब्द, कला र विज्ञानकी देवी सरस्वतीको पूजा श्रीकृष्णको वरदानअनुसार आजकै दिन गर्नुपर्ने मान्यता रहिआएको छ । यही विश्वासका आधारमा बिहानै उठी स्नान गरी शुद्ध वस्त्र धारण गरेर कलश स्थापना, गणेश, विष्णु, शिव र सूर्यको पूजा गर्दै सरस्वतीको आराधना गरिन्छ ।

    सरस्वती पूजा विशेषतः विद्यार्थी, शिक्षक, सर्जक, कलाकार र बौद्धिक वर्गसँग गहिरो रूपमा जोडिएको पर्व हो । विद्यालय र कलेजहरूमा विशेष रौनक देखिन्छ । विद्यार्थीहरूका लागि नियमित पोसाकबिनै रंगीन पहिरनमा विद्यालय जाने स्वतन्त्रताले वातावरण थप उल्लासमय बनाउँछ ।

    कक्षा कोठा, प्राङ्गण र मञ्चहरू रंगीन तोरण, फूलमाला, केराका दाम्चा, बाँस र अशोकका पातले सजाइन्छन् । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन तथा प्रसाद वितरण कार्यक्रम आयोजना गरिन्छ ।

    तराई क्षेत्रतिर सरस्वती पूजाका दिन बुनियाँ, बयर, फलफूल र गुलिया परिकार प्रसादका रूपमा बाँड्ने चलन छ । यस्ता परम्पराले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सामूहिक सहभागितालाई समेत बल पु¥याएको देखिन्छ ।

    ज्योतिष तारा लोचन न्यौपानेका अनुसार आजको दिनलाई साना बालबालिकाका लागि अक्षरारम्भ गर्ने शुभ दिनका रूपमा पनि चिनिन्छ भने ‘क, ख, ग’ वा ‘अ, आ, इ’ बाट औपचारिक रूपमा पढाइ सुरु गराउने परम्परा छ ।

    उनले जिब्रोमा ‘ॐ श्री सरस्वत्यै नमः’ लेखिदिने चलनले बालबालिकामा पढाइप्रतिको रुचि र तेजस्विता बढ्छ भन्ने विश्वास पनि रहिआएको भन्दै आजबाट वसन्त ऋतुको आगमन पनि हुने बताए ।

    न्यौपानेका अनुसार यस वर्ष सरस्वती पूजा माघ शुक्ल पक्षको पञ्चमी तिथि, शुक्रबार परेको छ । सरस्वती माताको प्राकट्य दिन भएकाले विद्या, धन, कर्म वा साधनाको चाहना गर्ने सबैका लागि यो दिन अत्यन्त फलदायी मानिने पनि उनको भनाई छ । सरस्वती माताबाट उत्पन्न ‘सारेगमपधनिसा’ स्वरकै कारण उनीलाई संगीतकी देवी भनिएको पौराणिक विश्वास पनि प्रचलित छ ।

    न्यौपाने भन्छन्, ‘शिक्षा, संस्कृति र धर्म समयसँगै रूप फेरिए पनि कहिल्यै लोप हुँदैनन् । विश्वास मान्ने–नमान्ने व्यक्तिगत कुरा भए पनि ज्ञानप्रतिको आस्था पुस्तान्तरण हुँदै जाने निश्चित छ । शिक्षकहरूले युवा पुस्तालाई संस्कार र ज्ञान हस्तान्तरण गरिरहेसम्म सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन ।’

    काठमाडौँ उपत्यकाका नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नील सरस्वती, ललितपुरको लेले लगायतका सरस्वती मन्दिरहरूमा विशेष मेला लाग्छ । पशुपतिनाथ परिसरमा रहेको सरस्वतीको मूर्तिलाई बौद्ध धर्मावलम्बीहरूले मञ्जुश्रीका रूपमा पूजा गर्ने परम्परा पनि छ, जसले नेपाली समाजको धार्मिक सहिष्णुता र सांस्कृतिक विविधतालाई उजागर गर्छ । नेपालभरिका अधिकांश सरकारी विद्यालय परिसरमा सानो वा ठूलो सरस्वती मन्दिर हुनु यस पर्वको सामाजिक गहिराइको प्रमाण हो ।

    सरस्वती देवीलाई केवल हिन्दु धर्मसँग मात्र सीमित गरेर हेर्नु उपयुक्त हुँदैन । विद्या, ज्ञान र सृजनाप्रतिको आस्थाका रूपमा सरस्वती पूजालाई सबै धर्म, वर्ग र समुदायले आत्मसात् गर्न सक्ने साझा सांस्कृतिक पर्वका रूपमा लिन सकिन्छ । यो दिन सर्जकहरूको विशेष दिन पनि हो ।

    सरस्वती पूजा केवल धार्मिक कर्मकाण्ड मात्र होइन, ज्ञान, सिर्जना र संस्कृतिप्रतिको सम्मान हो । यसले व्यक्ति, समाज र राष्ट्रलाई बौद्धिक रूपमा समृद्ध बनाउने सन्देश दिन्छ । आजको दिन ज्ञानको दीप प्रज्वलित गर्दै सृजनाको उज्यालो अनन्तकालसम्म फैलियोस् भन्ने कामनासहित सरस्वती पूजाको सार्थकता अझ गहिरो रूपमा अनुभूत हुन्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो, दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

    सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार…

    कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १०…

    उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा…

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई…

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    पेट्रोल र डिजेलको घट्यो मूल्य

    कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑