सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाँचथर। चुनावी प्रचारप्रसारमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाँचथर पुगेका छन्।
यसअघि बुधबारसम्म झापामा रहेका शाह बिहीबार बिहान मतदाता भेटघाटका लागि इलाम पुगेका थिए। इलाममा उनले घरदैलो कार्यक्रम गर्दै विभिन्न कार्यकर्ता तथा समर्थकसँग भेटघाट गरेका थिए।
इलामको घरदैलो अभियानमा शाहसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर–२ का उम्मेदवार गोकुलबहादुर राई पनि सहभागी थिए।
यसअघि मंगलबार शाहले झापा–५ बाट मनोनयन दर्ता गराएका थिए। मनोनयनपछि बुधबार दमकस्थित रास्वपाको सम्पर्क कार्यालयमा उनले समर्थक तथा पार्टी कार्यकर्तासँग छलफल र भेटघाट गरेका थिए।
आफू झापा–५ बाट उम्मेदवार भए पनि पार्टीका अन्य उम्मेदवारहरूको पक्षमा मत माग्न पाँचथर आएको शाहले बताएका छन्। रास्वपाले पूर्वी जिल्लाहरूमा प्रचार अभियानलाई तीव्र बनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा