सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आगामी वर्ष आयोजना हुने टी–२० विश्वकपका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पहिलो चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाएको हो।
क्यानले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी जस्ता अनुभवी खेलाडीहरू यथावत् समावेश छन्। साथै टोलीमा आदिल अन्सारी, ईशान पाण्डे, शेर मल्ल र रुपेश के सिंह जस्ता खेलाडीहरूलाई पनि अवसर दिइएको छ।
क्यानका अनुसार विश्वकपका लागि अन्तिम टोली छनोट गर्ने उद्देश्यले पुस ७ गतेदेखि बन्द प्रशिक्षण सुरु गरिनेछ। भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ।
समूह ‘सी’ मा नेपालको प्रतिद्वन्द्वी इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। प्रतियोगिताअन्तर्गत नेपालले खेल्ने सबै खेल भारतको वान्खडे रंगशालामा हुने क्यानले जनाएको छ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरू :
रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी र रुपेश के सिंह ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा