सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार दुवै नेताबीच देशका समसामयिक राजनीतिक विषयहरूबारे विस्तृत छलफल भएको छ।
भेटअघि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबारस्थित जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (पीएमओ) भवनको अवलोकन गरेकी थिइन्। उनले क्षतिग्रस्त संरचनाको अवस्थाबारे अधिकारीसँग जानकारी लिएको बताइएको छ।
सिंहदरबारमा भएको भेटवार्तालाई पछिल्ला राजनीतिक विकासक्रमका बीच ध्यानयोग्य रूपमा हेरिएको छ। सचिवालयका अनुसार भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा