• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

      सामाजिक विसङ्गतिहरूबारे सचेतना जगाउन ‘सहीछाप’ प्रदर्शन

      रास्वपा महिला उपसभापतिमा डा.तोसिमा कार्की र सोविता गौतमबिच भिडन्त, कसले मार्ला बाजी ?

      सुनको मूल्य बढ्दा चाँदी घट्यो 

      रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन र समावेशिता दुवैमा सुधार

    होमपेज /  मुख्य समाचार

    युवा पुस्ताको हुटहुटीलाई कांग्रेसले सम्बोधन गर्नैपर्छ ः डा. डिला संग्रौला

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर २१, आईतबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २८४ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी पुस २६, २७ र २८ गते हुने १५औं राष्ट्रिय महाधिवेशन पार्टीको रूपान्तरण, शुद्धीकरण र विश्वास निर्माणका लागि ऐतिहासिक अवसर भएको बताएकी छिन् ।  विशेष कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

    महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको बहस, जनतामा बढ्दै गएको राजनीतिक बेचैनी र देशको जटिल परिस्थितिले कांग्रेसलाई निर्णायक मोडमा उभ्याएको उनको बुझाइ छ । ‘यो अब सामान्य महाधिवेशन होइन, पार्टी र देशको भविष्य चयन गर्ने मोड पनि हुनेछ,’ उनले भनिन् ।

    लामो आन्तरिक बहस र धेरै केन्द्रीय सदस्यहरूको दबाबपछि महाधिवेशन नियमित रूपमा गर्ने निर्णयले कांग्रेसभित्र नयाँ ऊर्जा थपेको संग्रौलाले बताइन् । उनका अनुसार कार्यतालिका कडा देखिए पनि समय र परिस्थिति अब थप ढिलाइ सहन नसक्ने स्तरमा पुगेकाले कांग्रेसले समयमै महाधिवेशन गर्नु अनिवार्य थियो ।

    पार्टीको पेसागत बुद्धिजीवी विभाग प्रमुख समेत रहेकी उनले भनिन्, ‘हामीले जति गुनासो गरे पनि मुलुक दुई दिनमै बदलिन सक्छ भन्ने इतिहास छ । कांग्रेसले चाहेर लाग्योभने यो कार्यतालिकामा सम्भव छ ।’

    कुराकानीका क्रममा संग्रौलाले हालै भएको जेनजी–युवा आन्दोलन र देशभर देखिएको असन्तोषलाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बताइन् । उनका अनुसार भदौ २३ र २४ गतेका घटनाले मुलुकको राजनीतिक धरातल नै हल्लाएको छ । ‘युवाहरूले प्राण दिए, ठूलो बलिदान भयो । त्यो घटनाको छानबिन त हुनु नै पर्छ, तर त्यसले मुलुकलाई नयाँ बाटोतिर मोड्ने चेतना जगाएको छ,’ उनले भनिन् ।

    युवा पुस्ताको ‘हुटहुटी’ लाई कांग्रेसले सम्बोधन गर्नैपर्ने उनको स्पष्ट धारणा छ । ४० प्रतिशत युवा सहभागिता चाहिन्छ भने उनीहरुका लागि नेतृत्वको ढोका पनि खोल्नुपर्ने उनले बताइन् । युवाहरुहरूले यतिबेला आफ्नो प्रतिनिधित्व मात्र नभइ निर्णय निर्माणमा नेतृत्व खोजिरहेको उनले बताईन् ।

    संग्रौलाले कांग्रेसले आत्मालोचना गर्नुपर्ने समय आएको बताइन् । ०४६ सालपछि लाभका पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने उनको स्पष्ट माग छ । आन्तरिक सुशासन आयोग गठन गरी पार्टीभित्रैबाट शुद्धीकरण शुरु गर्नुपर्ने उनले जोड दिइन् ।

    ‘जबसम्म पार्टीभित्रै पारदर्शिता र जवाफदेहिताको पुनर्जागरण हुँदैन, जनताले कांग्रेसप्रति विश्वास गर्लान् भनेर सोच्नु बेकार हुन्छ,’ संग्रौलाले भनिन् । उनले भ्रष्टाचारविरुद्धको  कठोर आन्दोलनको कांग्रेसले नै  नेतृत्व गर्नुपर्ने बताइन् । यतिबेला कांग्रेस भित्रको संगठनमा ताजकीकरण र समावेशी नेतृत्वको आवश्यकता रहेको उनको बुझाई छ ।

    पार्टीको नेतृत्व गर्ने निकायमा महिला, युवा, आदिवासी, मधेसी, थारु, मुसलमान,  दलित लगायत सबै समुदायको समावेशी सहभागिता बढाउनु कांग्रेसको दीर्घकालीन अस्तित्वका लागि जरुरी रहेको संग्रौलाको भनाइ छ । उनले कांग्रेसले  विधान संशोधनमार्फत युवाको न्यूनतम ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि बताइन् ।

    महिलाको नेतृत्वबारे बोल्दै उनले भनिन, ‘कांग्रेस भित्र यतिबेला ५४ प्रतिशत महिला सक्रिय सदस्य छन् । तर पदाधिकारीमा महिला निकै सीमित छन् । यसलाई परिवर्तन गर्नैपर्छ । उपसभापति, महामन्त्रीदेखि सह महामन्त्रीमा पनि महिला सहभागिता बढाउनु अत्यावश्यक छ ।’

    निर्वाचन वातावरण र हालको चुनौती

    फागुन २१ गते हुने निर्वाचनलाई कांग्रेसले ‘मुभमेन्ट’ को रूपमा लिन निर्णय गरिसकेको बताउँदै संग्रौलाले हाल देशमा सुरक्षा र राजनीतिक वातावरण चुनौतीपूर्ण रहेको बताइन् ।

    जेनजी पुस्ताद्वारा गरिएको  आन्दोलनका क्रममा प्रहरी चौकीहरू ध्वस्त, हतियार लुटिने, कैदीबन्दी फरार हुने घटनाले सुरक्षाकर्मीको मनोबल कमजोर बनाएको बताउँदै उनले भनिन,‘सेना परिचालनको कुरा आउन थालेको छ । यस्तो अवस्थामा दलहरूलाई मतदातासँग संवाद गर्ने वातावरण सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्छ ।’

    तर संग्रौला निर्वाचनतर्फ विस्तारै सकारात्मक वातावरण बढ्दै गएको अनुभव गर्छिन् । ‘जनता विकल्प खोजिरहेका छन, पुराना दलहरूलाई पुनः मूल्यांकन गर्ने मनस्थितिमा छन् । कांग्रेसले विश्वास जगाउने मौका यही हो,’ उनले भनिन् ।

    कांग्रेसभित्र नयाँ नेतृत्वबारे बहस तीव्र बन्दै गएको बताउँदै संग्रौलाले सोशल मिडिया र जनमतमा देखिएका अपेक्षाहरूलाई पार्टीले संवेदनशीलतापूर्वक लिनुपर्ने बताइन् । ‘हामीले जसलाई चाहन्छौँ मात्र होइन, देश र समयले मागेको नेतृत्व आउनुपर्छ,’ उनले भनिन् ।

    युवापुस्ता, नयाँ विचार र रूपान्तरणको मान्यता बोकेर आउने नेता नै मुलुकलाई गन्तव्यमा पुर्याउन सक्षम हुने संग्रौलाको विश्वास छ । उनी भन्छिन्,‘कांग्रेस हरपटक संकटमा निर्णायक भूमिका खेलेको पार्टी हो, अहिले फेरि त्यो क्षण आएको छ ।’

    संग्रौलाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय नेतृत्वको आकांक्षा

    दाङ जिल्लाको तेरोटेमा जन्मिएकी डिलाले  विस २०३६ सालको जनमत संग्रहमा  बीपी कोइराला र गणेशमान सिंहले नेतृत्व गरेको आन्दोलनमा विद्यार्थी नेताका रूपमा सक्रिय भइ आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन्  । विवाहपछि विराटनगरलाई कर्मथलो बनाएकी उनले केही समय प्राध्यापन पनि गरेकी थिइन् । उनी कांग्रेस संगठन, महिला संघ र जिल्ला कमिटी मोरङको उपसभापति हुँदै राष्ट्रिय राजनीतिमा पनि सक्रिय भइन् ।

    महिला हिंसाविरुद्धको अभियानमा संग्रौलाले उल्लेखनीय भूमिका खेलेकी छन् । निर्मला पन्त हत्या प्रकरणदेखि बैतडीकी भागीरथाको बलात्कार–हत्या घटनामा उनले देशव्यापी आन्दोलन चलाइन् । ‘सरकार भेटिन्छ, न्याय भेटिँदैन भन्ने अवस्था बदल्न आवश्यक छ,’ उनले बताइन् ।

    प्रतिनिधि सभा सदस्यका रूपमा उनले सत्तासीन सरकार भए पनि, प्रतिपक्षमा भए पनि, सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने भूमिकामा आफू सक्रिय रहेको बताइन् । किसानले मल नपाएको मुद्दा, महङ्गी, सुशासन, महिलामाथिको हिंसा, लोकतान्त्रिक मूल्यको संरक्षण उनका प्रमुख विषय रहे ।

    १४औं महाधिवेशनमा पनि पदाधिकारीका लागि देशभर दौडधूप गरेकी संग्रौलाले यसपटक पनि पदाधिकारी स्तरमा प्रतिस्पर्धा गर्ने अठोट व्यक्त गरिन् । उनले भनिन,‘गइदिन्छु भन्ने सोच होइन, जानैपर्छ भन्ने अठोट छ । महिलाहरूको आवाज बुलन्द गरिसकेकी हुँदा नेतृत्वमा पुग्ने मेरो दायित्व पनि बनेको छ ।’

    महिला संघमा लामो समय नेतृत्व गरेकी उनले विगतका निर्वाचनहरूमा महिलालाई न्याय नदिएको तथ्य कांग्रेस नेतृत्वले आत्मसात गर्नुपर्ने बताइन् । ‘जसले कांग्रेसलाई कठिन समयमा बोक्यो, त्यहीं गल्लीका महिलाहरू नै थिए । तर नेतृत्वमा उनीहरू पुगेनन, अब त्यस्तो अन्याय हुनु हुँदैन ।’

    महाधिवेशनबाट आशा : ‘कांग्रेस फेरि सच्चिएर उठ्नेछ’

    संग्रौलाले देश आज आर्थिक, सामाजिक र राजनीतिक जटिलतामा परेको बताउँदै कांग्रेसले समग्र मुलुकलाई जोड्ने, असन्तुष्ट समुदायलाई सम्बोधन गर्ने र नयाँ पुस्तालाई विश्वास दिलाउने काम महाधिवेशन मार्फत  गर्नुपर्ने बताइन् ।

    रूपान्तरणको एजेन्डा स्पष्ट, शासकलाई चुनौती दिने क्षमता बलियो र युवालाई नेतृत्वमा उक्ल्याउने संकल्पसहित कांग्रेस फेरि जनताको पहिलो विकल्प बन्न सक्ने उनले विश्वास व्यक्त गरिन्  । ‘जनताले नयाँ दलतर्फ हेर्न थालेका छन् । तर पुराना दल सक्किएका होइनन, सच्चिन बाँकी छ । कांग्रेस सच्चिएर अघि बढे जनताले फेरि विश्वास गर्छन,’ संग्रौलाले भनिन् ।

    महाधिवेशनलाई उनले कांग्रेसको भविष्य मात्र होइन, मुलुकको भविष्य तय गर्ने निर्णायक अवसरका रूपमा पनि लिनुपर्ने बताइन । ‘हामीले यो अवसर गुमायौँ भने जनताको भरोसा फर्काउन कठिन हुन्छ । तर रूपान्तरणका एजेन्डासहित हामी अघि बढ्यौँ भने कांग्रेस फेरि देशको केन्द्रबिन्दु बन्न सक्छ । म तयार छु,संघर्षमा पनि, नेतृत्वमा पनि ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

    सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फिफा विश्वकप : शनिबार समूह जी, एच र…

    संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति…

    केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

    भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति,…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑