सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा मैदान भित्रै अप्रत्याशित दुर्घटना भएपछि एक चियर लिडर घाइते भएकी छन्। चितवन राइनोज र जनकपुर बोल्ट्सबीच त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलका क्रममा आइतबार दिउँसो उक्त घटना भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले दिएको जानकारीअनुसार चितवन राइनोजका ब्याट्सम्यान कुशल मल्लले इन्निङ्सको मध्यतिर प्रहार गरेको शक्तिशाली छक्का सीधै चियर लिडर बसेको स्थानतर्फ उडेको थियो। तीव्र गतिमा आएको बल उनको घाँटीमा लागेपछि उनी तत्काल मैदानमै लडेको प्रहरीले जनाएको छ।
घटना भएको क्षणमै खेल रोकिन बाध्य भएको थियो। मैदानमा रहेका मेडिकल टिमले प्रारम्भिक उपचार गराउँदै उनलाई एम्बुलेन्समा राखेर नजिकैको अस्पताल लगिएको थियो।
उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले प्रारम्भिक परीक्षण चलिरहेको र विस्तृत रिपोर्ट पछि सार्वजनिक गरिने बताएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा