सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आज भएको दोस्रो खेलमा काठमान्डू गोर्खाजले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
शनिबार भएको दोस्रो खेलमा काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको हो । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ् रोजेपछि काठमान्डूले ब्याटिङको निम्तो पाएको हो ।
काठमाडौंका लागि आदिल आलमले सार्वधिक ४८ रनको योगदान दिए । त्यस्तै बेन चाल्र्सवर्थले ३२ रनको पारी खेले । त्यस्तै सन्तोष यादबले २६ रनको योगदान दिए । अन्यको प्रदर्शन सम्झन लायक रहेन् ।
विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए । शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ । आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा