सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (CEO) सुजित कुमार शाक्यले मिति २०८२ साल असोज २० गते (आज) औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ।
बैंकको सञ्चालक समितिको मिति २०८२ साल असोज १७ गते बसेको ७३६औं बैठकले शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।
शाक्यले झन्डै तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएको छ। उहाँले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट वाणिज्य स्नातक (B.Com) र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (MBA) हासिल गर्नुभएको हो।
सन् १९९६ मा नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्राको सुरुवात गर्नुभएका शाक्यले त्यसपछि हिमालयन बैंक, लक्ष्मी बैंक, र बैंक अफ एशिया नेपाल लिमिटेडमा कार्यरत रहँदै अनुभव हासिल गर्नुभएको थियो। उहाँले बैंक अफ एशिया नेपाल र एनआईसी बैंकबीचको मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धक (AGM) का रूपमा कर्पोरेट बैंकिङ प्रमुख रहँदै शाक्यले रणनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो। त्यसपछि उहाँ सिभिल बैंक, जनता बैंक, र ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) पदमा कार्यरत रहनुभएको थियो। प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुअघि शाक्य नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार शाक्यको विश्लेषण क्षमता, स्पष्ट रणनीतिक दृष्टिकोण र दीर्घ बैंकिङ अनुभवका कारण बैंकले उहाँको कार्यकालमा थप सहज, सबल, गतिशील, विश्वसनीय र परिणाममुखी उपलब्धि हासिल गर्ने विश्वास लिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा