सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूलाई अब काठमाडौंको कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट प्रदान गरिने भएको छ।
यसका लागि एन आई सी एशिया बैंक र Wonders Nepal Pvt. Ltd. बीच विशेष छुट सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ। सम्झौताअनुसार, बैंकका ग्राहकहरूले स्काइवाक टावरमा सेवा लिँदा डिजिटल भुक्तानी प्रयोग गरेबापत छुट पाउनेछन्।
ग्राहकहरूले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, यस सहकार्यले बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्राप्त हुने मात्र नभई देशमा डिजिटल भुक्तानीको प्रयोगलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबार संस्कृति विस्तार गर्न पनि योगदान पुर्याउनेछ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा