सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको अन्तरिम सरकारको पृष्ठभूमिमा ठुलो भूराजनीतिक प्रतिस्पर्धा चलेको अभियन्ता ईःईः (ईश्वर ईश्वर) ले खुलासा गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अन्तरिम सरकार गठनको प्रक्रिया र त्यसमा भएका राजनीतिक उलटफेरबारे विस्तृत जानकारी सार्वजनिक गरेका हुन्।
उनका अनुसार, सुरुवाती चरणमा प्रधानमन्त्रीका लागि **बालेन्द्र शाह (बालेन)**लाई पहिलो प्राथमिकतामा राखिएको थियो। तर, बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता देखिएपछि योजना परिवर्तन गरिएको हो। त्यसपछि दोस्रो प्राथमिकतामा रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने तयारी भए पनि आन्दोलनपछिको विकराल परिस्थितिले उनको प्रभाव घटेको उनले उल्लेख गरेका छन्।
ईःईःका अनुसार, भदौ २५ गते पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयाससमेत भएको थियो। तर, संविधानबारे मतभेदका कारण त्यो सम्भव नभएपछि अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सबै पक्षका लागि विश्वासिलो व्यक्ति ठहर गर्दै प्रधानमन्त्री बनाइएको हो।
उनले अन्तरिम सरकार गठनमा गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकालाई निर्णायक बताउँदै भनेका छन्,
“विधिसम्मत ढङ्गले चल्नुपर्छ भन्ने अडानका कारण अर्यालले बालेनसँग दूरी बढाए, तर अन्ततः प्रधानमन्त्रीले उनलाई नै गृहमन्त्री बनाउने अडान लिनुभयो।”
ईःईःले हाल पनि बालेन शाह र उनका नजिकका व्यक्तिहरूले गृहमन्त्री अर्याललाई हटाएर राजु पाण्डे वा मीरा चौधरीलाई गृहमन्त्री बनाउने प्रयास गरिरहेको दाबी गरेका छन्।
उनका शब्दमा, “गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन्, तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति आउन सक्छ। यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिस्पर्धा चल्दैछ।”
अन्त्यमा उनले भदौ २३ र २४ का घटनामा संलग्न अपराधीहरूलाई कानूनी सजाय दिन र समयमै चुनाव गरी देशलाई स्थायित्वमा लैजान आग्रह गरेका छन्।
ईः ईः ले सामाजिक सञ्जालमा लेखेका छन् :
भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनुथियो। शुरुमा तयार भएपनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए। दोस्रो प्राथमिकतामा रबि थिए तर विकशित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो। त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चल्यो। तर संविधानका आधारभूत विषयमा उनको फरक मत सर्वस्वीकार्य भएन भन्ने बुझिएको छ। यी प्रयास प्रारम्भबिन्दूमा यस्तो सानो बृतमा सीमित थियो कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी, र कैयन् शक्तिकेन्द्र यसबारे बेखबर थिए।
पूर्ण vacuum र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वाशिलो बन्नुभयो। यसमा बालेनसङ्ग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, सक्दो विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो। त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो। उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसंभव प्रयास गरेकै हुन्। अहिलेपनि गर्दैछन्। गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुनसक्छ। यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दैछ। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो? कस्तो बिडम्बना! कस्तो निर्लज्जता!
बेलैमा सबै पक्षले आआफ्नो भूमिकाबारे थप दूर्घटना टार्न सचेत हुन जरूरी देखिन्छ। स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनुनैपर्छ। आम मानिसको हकमा मात्र नभई जवाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ। समयमा चुनाव हुनैपर्छ। सबैको आआफ्नो स्वार्थपूर्ण निकाश परिदृश्य होला, तर समाजको लागि उपयुक्त यही हो। रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा हुँदैन। अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा भएको महसूस गर्नुपर्ने हो भने, होस् खतरा होस्!
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा