सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि कडा टिप्पणी गर्दै उनको राजनीतिक पतन सुरु भएको दाबी गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री सुशीला कार्कीलाई दुई पटक भेटेर बालेनले सरकारमाथि अस्वाभाविक दबाब दिएको भन्ने खबरलाई लिएर प्रतिक्रिया दिएका हुन्। बस्नेतका अनुसार, ती भेटमा बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकलाई पक्राउ गर्न, व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन र गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन माग राखेका थिए भन्ने समाचार आएको छ।
“स्थानीय निकायको जिम्मेवारी बोकेको व्यक्तिबाट प्रधानमन्त्रीमाथि दबाब र धम्कीको राजनीति हुनु संवैधानिक मर्यादामै प्रश्न उठाउने विषय हो,” बस्नेतले लेखेका छन्।
उनले बालेन शाहलाई विदेशी शक्तिको ‘डिजाइन’ मा मतियार बन्ने जोखिम नगर्न चेतावनी दिएका छन्। बस्नेतका शब्दमा, “विदेशी डिजाइनको खेलमा मतियार बन्ने जोखिम बालेनले लिए भने उनी स्वयं ‘लुसिफर’को भूमिकामा प्रवेश गर्ने गल्ती गरेर अन्ततः आफ्नै पतनको सुरुवात गर्नेछन्।”
बस्नेतको भनाइप्रति मेयर बालेन शाहले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा