सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा विद्युतीय गतिशीलता (Electric Mobility) सुदृढीकरणका लागि कुमारी बैंक लिमिटेड र Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH (GIZ Nepal) बीच Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनाअन्तर्गत समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ।
यस सहकार्यमार्फत सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक सवारीसाधन — विशेषगरी विद्युतीय माइक्रो र मिनीबसहरू — को स्वीकृति र सञ्चालनलाई तीव्रता दिने लक्ष्य लिइएको छ।
SET4NPL परियोजना GIZ Nepal र Global Green Growth Institute (GGGI) को संयुक्त पहल हो, जुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूको सहकार्यमा कार्यान्वयन भइरहेको छ। यो परियोजना Mitigation Action Facility (MAF) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको हो।
परियोजनाले करिब ३,५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्याउनेछ।
आर्थिक सीमाबद्धतालाई ध्यानमा राख्दै यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ। साथै, सार्वजनिक यातायातलाई अझ सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेशन, GPS device, LED route display, र open-loop e-ticketing system जस्ता डिजिटल प्रविधिहरू पनि प्रयोगमा ल्याइनेछ।
यस सहकार्यअन्तर्गत कुमारी बैंकले विद्युतीय माइक्रो र मिनीबस खरिद गर्न चाहने व्यवसायीहरूका लागि विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्टमा अनुदान को व्यवस्था गर्नेछ। यसले सवारी खरिद लागत घटाउने र वित्तीय पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंक लिमिटेडले देशभर रहेका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ इकाइ र ३१७ एटिएम मार्फत अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि सफा र दिगो यातायात प्रणाली निर्माणका लागि सहकार्य र नवप्रवर्तन जारी राख्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा