सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरीलाई थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ।
सुदन गुरुङसहितको जेनजी समूहले जेनजी आन्दोलनका क्रममा दमनकारी भूमिका खेलेको आरोप लगाउँदै मंगलबार प्रहरीमा जाहेरी दर्ता गराएको थियो। उनीहरूले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै जाहेरी दिएका थिए।
परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार जाहेरी प्रहरी परिसरले लिए पनि औपचारिक रूपमा दर्ता नगरी आयोगमा पठाइएको हो।
भट्टराईले भने, “हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा अनुसन्धानका लागि पठायौँ। दर्ता नगरी पठाइएको हो, किनभने यो आयोगको कार्यक्षेत्रमा पर्ने विषय हो। पत्र यहाँबाट आयोगमा गइसक्यो।”
जेनजी आन्दोलनमा दमन र प्रदर्शनकारीमाथि हिंसाको आरोपसँग सम्बन्धित घटनाको छानबिनका लागि सरकारले हालै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा