सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौंं । नेकपा एमालेले सरकारले राजनीतिक दलहरूसँग कुनै संवाद नगरी प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार विज्ञप्तिमार्फत सरकारले दलहरूबीच छलफल, बहस र सहमति बिना नै निर्वाचन कार्यतालिका ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
गौतमले भने, “सरकार बनेको यतिका समयसम्म राजनीतिक पार्टीसँग कुनैपनि छलफल, बहस वा संवाद गरेको छैन। राजनीतिक पार्टीहरूलाई विश्वासमा लिएको पनि छैन। शान्ति, सुरक्षा र सुशासनको वातावरण तयार गरेको छैन।”
उनका अनुसार सरकारले निर्वाचनका लागि आवश्यक वातावरण नबनाई, दलहरूलाई निषेध गरेर अघि बढ्ने प्रयास गरिरहेको छ। “निर्वाचनको वातावरण बनाउने हो भने तीन काम आवश्यक छन्— देशमा शान्ति–सुरक्षा बहाल गर्नुपर्छ, दलहरूसँग अविलम्ब संवाद सुरु गर्नुपर्छ र सबै दलको सुझावका आधारमा सरकार अगाडि बढ्ने विश्वास सिर्जना गर्नुपर्छ,” गौतमले भने।
उनले थपे, “हामी सबै दलहरूसँग छलफल गर्न तयार छौं, तर सरकारले हामीलाई संवादमा बोलाएको छैन। निषेधको व्यवहार देखाइरहेको छ।”
निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यतालिका सोमबार सार्वजनिक गरेको थियो। सो निर्णयप्रति एमालेले गम्भीर असहमति जनाउँदै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई तत्काल दलहरूबीच संवाद सुरु गर्न ध्यानाकर्षण गराएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा