• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सिंहदरबारमा दिए १८ बुँदे सुझाव

      सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा

      भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा

      परराष्ट्रमन्त्री खनालले भने : पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ

      नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

      प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ

      बालेनसँगको भेटपछि कुलमानले भने– राजनीतिक छलफल भयो, सरकार सफल बनाउने प्रतिबद्धता दिएको छु

      बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर ​पशुपति आर्यघाटमा दाहसंस्कार (तस्विरहरू)

      भोटेकोशी बाढी : १ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्कविहीन

      लाङटाङ खोला जलविद्युत् आयोजनामा फसेका दुई कर्मचारीको शव भेटियो

      गगन थापाको अपिल- ‘सहयोग गर्न सक्ने जुटौँ, नसक्नेले कटु वचन नबोलौँ

      मलेसियालाई ६ विकेटले हराउँदै नेपालले हात पार्‍यो लगातार दोस्रो जित

      नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

      साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

      कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट

    होमपेज /  सेतोखबर बिशेष

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ भाद्र २५, बुधबार (११ महिना अघि)
    अनुमानित पढ्ने समय : १५ मिनेट
  • ७९२ पटक पढिएको
  • काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका कारण आफ्नो घर जलेर ध्वस्त भएको र परिवारसहित जोखिममा परेको जानकारी दिएका छन् ।

    बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै उनले मंगलबार भएको हिंसामा उनका ७७ वर्षीय बुबा, ७२ वर्षीय आमा र राजनीति चासो नराख्ने श्रीमतीमाथि जिउँदै आगो लगाउने प्रयास भएको बताएका छन् ।

    उनले आफ्नो घर ध्वस्त भएको र दुई करोड ५० लाख रुपैयाँ ऋण बोकेको सामाजिक सन्जाल मार्फत नै जानकारी दिएका हुन् । यसमा वाणिज्य बैंक बानेश्वर शाखाबाट एक करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख र साना किसान सहकारी गुण्डुबाट ८५ लाख रुपैयाँ रहेको बताए ।

    बस्नेतले आन्दोलनमा भएको घुसपैठ र जेलबाट रिहा भएका अपराधीप्रति आपत्ति जनाउँदै यसले हिंसा बढाएको दाबी गरेका छन् । उनले निर्दोष रहे पीडाको मुआब्जा र घर पुनर्निर्माणको माग गर्दै दोषी भए उचित सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।

    उनले लेखेका छन्,‘छोराछोरी, परिवार र आफन्तहरूले मलाई एक शब्द पनि नबोल्न भने । भन्छन्,‘बोल्यौं भने भेटे भने हत्या गर्छन ।’

    ‘म जीवनमा कहिल्यै मृत्युको भयबाट डराइन । हिजो दिनभरि र रातभरि शरणार्थी जीवन बिताइयो । तर मौन बस्न सकिनँ ।

    हाम्रो घर मात्र जलाइएको भए नलेखौ भन्ने म नै थिए । तर संसद भवन जल्यो, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, अख्तियार भवन, प्रहरी प्रशासनका भवनहरू, निजी होटलहरू जले, भाटभटेनी, बैंकहरू लुटिए । पशुपतिनाथको मन्दिर नै जलाउने प्रयत्न भएको छ । तर त्योभन्दा भयावह त के भयो भने रवि लामिछाने सहित हजारौं गम्भीर अपराधमा संलग्न कैदीहरु जेल जीवनबाट मुक्त गरिएको छ ।

    ७७ वर्षका मेरा निर्दोष बुबा, ओपन हर्ट सर्जरी गराएकी ७२ वर्षकी आमा, राजनीति चासो नै नराख्ने मेरी श्रीमतीलाई आफ्नै घरमा आगो लगाउँदै त्यही भुंग्रोमा जिउँदै जलाउने प्रयास गरियो । हामी धेरथोर पुर्खौली सम्पत्तिका कारण सुकुम्बासी त भएका छैनौ, तर आज घरबारविहीन भएका छौँ । आमाबुबाले खुवाउने औषधि र एक जोर फेर्ने कपडा पनि झिक्न नदिई । घरभित्रका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारिएको छ ।

    म कठोर समयको सजाय भोग्दैछु । देशलाई जीवन समर्पण गरेको अपराधका लागि । भक्तपुरको विकासका लागि अकल्पनीय योगदान गरेको अपराधका लागि दिनरात घरघर पुगेको, जनताको सुखदुःख आफ्नै मानेर समाधान गर्न खोजेको मान्छे म आज घरबारविहीन बनेको छु ।

    भूकम्पको बेला २८०० घरबारविहीनलाई राहत र पुनस्र्थापनाको अभियान चलाउँदा अस्थायी घर बनाएर वितरण गर्दा उनीहरूको भक्कानेको पीडा सुन्दै आँसु पुछेको थिएँ । आज आफ्नै आँसु देखाउन सक्दिन् । जिम्मेवारीले रुनपनि अनुमति दिँदैन ।

    नाकाबन्दीको पीडामा कोभिडको लकडाउनमा हजारौं भोकाहरुलाई भोकाहरुलाई खाना खुवाएर उनीहरुको घर सम्मको जाने व्यवस्था गरेर उनीहरुको पीडामा मलम लगाएको थिए। तर म आज आफु पीडामा छु भन्न पनि नमिल्ने ठाँउमा छु । परिस्थितिको यो कस्तो बाध्यता हो ?

    मैले सांसद या मन्त्रीको कुनै जिम्मेवारी पाउनुभन्दा अगाडि १४ वर्ष पहिले बुवाले जागिरे हुँदा कमाएक सम्पुर्ण पसिनाको पैसा र केही जग्गा बेचेर बनेको त्यो घर आज धुलोमा परिणत भयो।उपत्यकाका मान्छेहरू हामी कोठाभाडामा खासै बस्दैनौँ । तर अब लामो समय हामी घरबारविहीन भएर भाडामा बस्दैछौँ ।

    अब जमिन नबेची नयाँ घर बनाउन सम्भव छैन । राजनैतिक यात्रा , छोरीको विवाह, अन्य घर व्यवहारमा भएको खर्च जोड्दा मैले २ करोड ५० लाख रुपैयाँ ऋण (बाणिज्य बैंक बानेश्वर शाखाबाट १ करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख, साना किसान सहकारी गुण्डुबाट ८५ लाख) बोकेको छु । तर यो सहयोगको याचना होइन ।

    भ्रष्टाचार, अपराध, राष्ट्रघात नगरी, केवल जनताको पक्षमा काम गरे तर पपुलिष्टहरूले सुन्न नचाहेको कुरा बोलेको सजाय स्वरूप मेरो घर जलाईएको र घरबार विहीन बनाइएको पिडा हो ।

    म निरह्य भएको प्रहरी प्रशासनप्रति र मनमा असंख्य माया भएर पनि सम्झाउन र फर्काउन नसकेको मेरो टोलछिमेकप्रति मेरो माया र सद्भाव अटल छ । म विचलित छैन ।

    राजनीति रहने कि नरहने त्यो अर्को पाटो हो । तर म सधैं जनताको सेवा गर्न जन्मेको मान्छे हुँ। आज घरबार गुमाए पनि, दुःख पीडा छिपाएर पनि तपाईंहरूको सेवामा उभिनेछु । जसरी चुनाव जित्दा वा हार्दा पनि म तपाईंहरूको सेवामा थिएँ, आज पनि त्यही प्रतिबद्धता दोहोर्याउँछु ।

    यो आन्दोलनमा मृत्यु भएका र घाइते भएका परिवारलाई त्यो अवसर प्राप्त भयो भने सकेसम्म सहयोग गर्ने प्रतिज्ञा गर्दछु ।

    मैले पहिले पनि भनेको थिएँ गलत मानिसहरूले घुसपैठ गरे भने न्भल श् को नाममा हिंसा हुन्छ। त्यो आज प्रमाणित भयो । धेरै अपराधी जेलबाट बाहिर आएका छन्। सेना सडकमा आउन बाध्य भएको छ ।

    अझै पनि अपराधीहरू लुटपाट गरिरहेका छन् । देशलाई माओवादी युद्ध, मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, कोभिडले थिलोथिलो पारे पनि हामी फेरि आर्थिक सुधार र विकासतर्फ अघि बढ्दै थियौँ ।

    तर आजको यो घटनाले फेरि देशलाई १०–१२ वर्ष पछाडि धकेलेको छ।अब जिम्मेवारी तपाईं आन्दोलनकारीहरूको हातमा छ।देशलाई बर्बादीतिर लैजानुहोस् वा बचाउनुहोस। निर्णय तपाईंको हो ।

    हामीमाथि शंका छ भने अनुसन्धान गर्नुहोस्। दोषी ठहरिए सजाय भोग्ने छौ । तर निर्दोष ठहरिए भने हाम्रो घर जलेर, जीवनभरको कमाइ खरानी भएर, परिवार असहाय भएर भोगेको यो पीडाको उपचार कसरी हुन्छ?

    मेरो घरको लकर फेला परेको भनेर हल्ला फैलाइयो। म आग्रह गर्दछु आन्दोलनका कमाण्डरहरूले पत्रकारहरूको सामु त्यो लकर खोलून् । यदि त्यहाँ एक हजार रुपैयाँ भेटिन्छ भने मलाई दोषी ठहराउनुस् ।

    आज हाम्रो परिवारसँग एक जोर कपडा र हजार रुपैयाँ रकम पनि साथमा छैन।तर मेरो विश्वास अझै बाँकी छ ।

    विभेद रहित भ्रष्टाचारमुक्त समाज, राज्य पुनःसंरचना गर्ने, नयाँ नेतृत्व ल्याउने जनताको पवित्र उद्देश्यलाई अपराधी र अन्तर्राष्ट्रिय स्वार्थी समूहले कब्जा गर्न नदिऊ।देशका लागि मेरो हार्दिक शुभकामना ।

    मेरो घर खरानी भयो, तर जनताप्रतिको मेरो माया कहिल्यै खरानी हुने छैन। देशको विकास र जनताको सेवामा सधैँ खरानी भएर खट्न तयार छ’ु ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सिंहदरबारमा दिए १८ बुँदे…

    सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु…

    भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक…

    परराष्ट्रमन्त्री खनालले भने : पुनर्निर्माणका लागि ठूलो स्रोत…

    बालेनसँगको भेटपछि कुलमानले भने– राजनीतिक छलफल भयो, सरकार…

    विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८…

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    आर्थिक

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑