• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

      अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

      नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

      कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा

      विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

      अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

      विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

      विश्वकपको उपाधि स्पेनले जित्ने टोनी क्रुसको भविष्यवाणी

      १० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी

      सांसदलाई संसदीय भूमिकाबारे एमालेको प्रशिक्षण, ओली र पोखरेलले मार्गदर्शन दिने 

      फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा 

      चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’

      पार्टीमा मनोमानी बढ्यो, गगन थापाले युवालाई समेत पाखा लगाए : तीर्थ गौतम

      अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

      देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ

    होमपेज /  कोशी

    कोशी सरकारको दाबी : संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ श्रावण १२, सोमबार (११ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७०५ पटक पढिएको
  • विराटनगर । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा बहुआयामिक उपलब्धि हासिल गर्दै संघीयताको औचित्य पुष्टि गर्ने प्रयास गरेको जनाएको छ ।

    पूर्वाधार विकासदेखि नागरिक सेवा सुधार, लगानी प्रवद्र्धनका साथ वित्तीय अनुशासनसम्मका क्षेत्रमा प्रदेश सरकारले प्रस्तुत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको हो ।

    ८१ प्रतिशत वित्तीय प्रगति र ८ प्रतिशत राजस्व वृद्धि

    संघीय सरकारकै तुलनामा तुलनात्मक रूपमा अगाडि देखिएको कोशी प्रदेशले आर्थिक वर्ष २०८१÷८२ मा ८१ प्रतिशत वित्तीय प्रगति हासिल गर्दै आफूलाई वित्तीय अनुशासनको उदाहरणका रूपमा प्रस्तुत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेलले उल्लेख गरेका छन् ।

    प्रदेश सरकारका प्रमुख आर्थिक सल्लाहकार डा.मोहन सुवेदीका अनुसार यो प्रगतिले सरकारको कार्यक्षमता र पारदर्शिताप्रतिको प्रतिबद्धता स्थापित भएको छ ।

    त्यसैगरी, प्रदेशले आन्तरिक राजस्व संकलनमा पनि गत वर्षको तुलनामा ८ प्रतिशत वृद्धिदर कायम गर्दै आर्थिक स्वावलम्बनतर्फ सकारात्मक संकेत दिएको जनाइएको छ ।

    प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन सफल भएको दाबी गर्दै हालसम्म १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरका परियोजनाहरू लगानीको चरणमा पुगेको जानकारी दिइएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतका अनुसार उद्योगको प्रवद्र्धनका लागि गरिएको जग्गा दर्तामा ७५ प्रतिशत छुटको निर्णयले लगानीकर्तालाई आकर्षित गरेको छ ।

    सीमित स्रोतसाधन हुँदाहुँदै पनि कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

    पछिल्लो एक वर्षमा ११४ किलोमिटर सडक कालोपत्रे, ५२ किलोमिटर नयाँ ट्र्याक खोल्ने, १५२ किलोमिटर ग्राभेल सडक निर्माण गर्ने काम सम्पन्न भएको छ । साथै, १८ वटा पक्की र १६ वटा झोलुंगे पुल निर्माण गरिएको हो । एक दर्जनभन्दा बढी प्रहरी कार्यालयहरूका भवन निर्माण तथा मर्मतसम्भार भएको सरकारी दाबी रहेको छ ।

    कोशी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको मूल आधार मान्दै स्विस सरकार र स्थानीय तहसँगको सहकार्यमा २ अर्ब ३५ करोडको लागतमा ४६८ किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माणको काम सुरु गरेको छ । ‘मुन्दुम’, ‘चियाबारी’, ‘लालीगुराँस’ र ‘फाल्गुनन्द’ पदमार्गहरू समेटिएको यो परियोजना २०८५ सालभित्र सम्पन्न हुने लक्ष्य छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार पदमार्गले प्रदेशको पर्यटन विकासमा क्रान्ति ल्याउनुका साथै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनेछ । यसै वर्षलाई ‘पर्यटन वर्ष’ घोषणा गर्दै भारतबाट आउने पर्यटकलाई सहजता दिन नाकामा स्टिकरमार्फत अनुमति प्रणाली लागू गरिएको छ, जसले पर्यटक आवागमनलाई प्रोत्साहन गरेको सरकारी दाबी रहेको छ ।

    प्रदेश सरकारले प्रत्यक्ष रूपमा जनसरोकारका सेवामा उल्लेखनीय सुधार ल्याएको छ । वर्षौँदेखि समस्याग्रस्त रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणालीलाई सुधार गर्दै कर तिरेको आधारमा अस्थायी लाइसेन्स तत्काल दिने व्यवस्था लागू गरिएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार यातायात क्षेत्रमा बिचौलिया नियन्त्रण गरी सेवा सरल र पारदर्शी बनाइएको छ । यसैबीच, ‘आयोजना बैंक’को अवधारणा लागू गरिएको छ, जसमा ६ महिनामै ५० हजारभन्दा बढी आयोजना दर्ता भएका छन् ।

    युवाहरूलाई उद्यमशील बनाउने उद्देश्यले लागू गरिएको ‘उदय परियोजना’ प्रदेशको अर्को आकर्षक कार्यक्रम हो । यस अन्तर्गत ३० लाखदेखि ३ करोड रुपैयाँसम्म बिनाधितो ऋण उपलब्ध गराइन्छ, जसको ब्याज प्रदेश सरकारले अनुदान स्वरूप तिर्दिने व्यवस्था छ ।

    यस कार्यक्रमबाट युवा, महिला र सीमान्तकृत समुदायमा उद्यमशीलताको चेतना जागृत भएको सरकारी अधिकारीहरुको भनाई छ ।

    सामाजिक न्यायतर्फ कोशी प्रदेश सरकारले ‘बालविवाह मुक्त प्रदेश’ अभियानलाई तीव्रता दिएको छ । त्यस्तै, मुसहर समुदायका बालिकालाई लक्षित गर्दै ‘सक्षम छोरी’ कार्यक्रम लागू गरिएको छ, जसले समुदायमा आशावादी ऊर्जा थपेको जनाइएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हेल्मेटबिना मोटरसाइकल चलाएको भन्दै मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

    कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

    विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

    कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

    कर्णालीका दर्जनौं पुल र सडक स्तरोन्नतीका आयोेजना अलपत्र

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति…

    फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना…

    फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना…

    अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

    असई थमन विक हत्या प्रकरणका पूर्वसांसद लक्ष्मी महतो…

    उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

    आर्थिक

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑