सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । ओखलढुङ्गाको लिखु गाउँपालिकाको पोकलीमा रहेको पोकली झरना अहिले पर्यटकीय गन्तव्यको थलो बनेको छ ।
पोकलीसम्म पुग्ने सडक र छाँगामा जाने सिँढी लगायतका संरचनाहरू बनेपछि झर्न हेर्न आउनेको सङ्ख्या बढेको छ ।
काठमाडौं र तराइबाट पोकली जान चाहनले रामेछापको मन्थली– सिरिसे–ढाँडे हुँदै ओखलढुङ्गा प्रवेश गरेर पोकली झरना पुग्न सक्दछन् । ओखलढुङ्गाको सदरमुकामबाट पनि पोकली आउन सकिन्छ ।
समुन्द्र सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको पोकली झरना करिब १ सय ३० मिटर अग्लो छ । पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । कर्णाली प्रदेशको कालिकोटस्थित १ सय ४८ मिटर उचाइको पचल झरना नेपालको सबैभन्दा अग्लो झरना हो ।
पोकली झरनाको प्रचारप्रसारका लागि गरिएको पोकली पर्यटकीय महोत्सव तथा प्रचार प्रसारको कारण पनि मानिसहरू सो झर्ना हेर्न पुग्ने गर्दछन् । लोकसेवामा पोकली झरना ओखलढुङ्गामा पर्छ भन्ने पढेको कारण झरना हेर्न आएको सल्यानकी कमला क्षेत्री बताउँछिन् ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा