• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

      नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा ‘महिला शक्ति जागरण अभियान’को शुभारम्भ

      रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछः मनिष झा

      Social संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

      दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

      नेपाली सेनाको हेलिकप्टरमार्फत घर ल्याइयो गणेश यादवको शव

    होमपेज /  कला/मनोरञ्जन

    मुस्ताङमा सर्वाधिक लागतको हलिउड फिल्म ‘टासी’को छायांकन सुरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ६, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३६८ पटक पढिएको
  • काठमाडौं । बलिउड फिल्म ‘खुदा गवाह’ छायांकनपछि विश्वका फिल्मकर्मीहरुको नजरमा परेको नेपालको मुस्ताङमा सबैभन्दा ठुलो लागतको हलिउड फिल्म ‘टासी’को सोमबारदेखि छायांकन सुरु भएको छ ।

    पहिलो सरगमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवन कथामा आधारित ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा भइरहेको हो । अमेरिकी प्रविधि कम्पनी एप्पलले ‘टासी’ निर्माण गर्न लागेको हो ।

    स्थानीय सहजकर्ता पाल्गेन गुरुङका अनुसार हलिउड, बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म टोली अहिले मुस्ताङमा सक्रिय छन् । करिब एक महिनासम्म फिल्म सुटिङ हुनेछ । ‘करिव तीन–चार सयको हाराहारीमा निर्माण टोली र जनशक्ति सक्रिय छन् । डेढसय जति सानाठूला गाडीहरु आएका छन् । शौचालय, बाथरुम, किचन र सुत्ने समेतको व्यवस्था भएका सवारी साधन पनि मुस्ताङ आइपुगेका छन्,’ गुरुङले भने ।

    ‘मुस्ताङमा सडक पूर्वाधार र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु खुलेपछि यो सबैभन्दा ठूलो फिल्मको टोली आएको हो ।

    यसले स्थानीय स्तरमा डेढसय बढीलाई रोजगारी मिलेको छ । मुस्ताङवासीलाई उत्साहित बनाएको छ । होटलहरु भरिभराउ भएका छन् र रेष्टुरेन्टमा कारोबार बढेको छ,’ गुरुङले भने ।
    सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरेका थिए । सोही कथावस्तुलाई लिएर

    मुस्ताङमा फिल्म ‘टासी’को छायांकन भइरहेको हो । मुस्ताङको जोमसोम र पुथाङ एअरपोर्टका करिव दुई दर्जन होटलहरु एक महिनाका लागि अंग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए ।

    सोमबार र मंगलबार टोलीले घरपझोङ गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिरहेको बताए ।

    फिल्म निर्माण टोली कुछ्प तेरङ्गा गुम्बा, थासाङ गाउँपालिकाको बोक्सी खोला, वारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान, लुप्रापास साथै उपल्लो मुस्ताङसम्मका स्थानहरुमा छायांकन गर्ने योजना छ,’ उनले भने ।

    आरोही तेन्जिङ नोर्गे शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, जैविक विविधतालगायत परिदृष्य फिल्म ‘टासी’मा समेटिने निर्माण टिमको योजना छ । वेडनेस आउटडोर कम्पनीले छायांकनका लागि स्थानीय तहसँग यसअघि नै शुल्क बुझाएर अनुमति लिइसहेको छ ।

    पछिल्लो समय मुस्ताङ पर्यटन मात्र नभइ ठूला विदेशी एवम स्वदेशी फिल्म, सर्ट मुभि, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि अब्बल गन्तब्य बन्दै गइरहेको छ ।

    अनुमति लिनै हैरानी

    यता, पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीको वायोपिक फिल्म ‘टासी’ले निवेदन दिएको ७८

    दिनपछि नेपालमा छांयाकनका लागि अनुमति पाएको थियो ।
    अनुमतिका लागि आवेदन दिएको करिब अढाइ महिनापछि संचार तथा सूचना प्रविधि मन्त्रालयबाट टासीले अनुमति

    पाएको थियो । अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने फिल्म नेपालमा छायाकन हुन लागेको ठूलो लगानीको फिल्म हो ।
    अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रभास सहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बुलगायतका स्थानमा फिल्म छायांकन गर्नेगरी अनुमति दिइएको हो ।

    कम्पनीले विभिन्न प्रक्रियाहरु पूरा नगरेको भन्दै अनुमति प्रदान गर्न मन्त्रालयले लामो समयसम्म अड्काएर राखेको थियो । थोमस विलियम हिडल्स्टन र गेन्डेन फुन्टसोकको अभिनय रहने यो फिल्म नेपालमा छायांकन भएर रिलिज भएमा नेपालको पर्यटनमा ठूलो योगदान पुग्ने अनुमान गरिएको छ ।

    जेनिफर पीडोमको निर्देशनमा बन्ने फिल्ममा अभिनयका लागि विदेशी कलाकार नेपाल आएका हुन् । फिल्मको निर्माण ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्स गरिरहेको हो ।

    सम्पूर्ण कागजात पुरा गरेर २०८१ माघ अन्तिम साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको थियो । तर २०८२ को वैशाख १७ गते दिउसो मात्र फिल्मले अनुमति पाएको थियो ।

    विभिन्न झन्झटिलो प्रक्रिया देखाएर मन्त्रालयले छायांकनको अघिल्लो दिनमात्र अनुमति प्रदान गरेकाले समयसीमाभित्र काम सक्न निर्माण टीमलाई कठिनाइ पर्ने गुनासो गर्दै आइरहेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

    अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

    महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग

    महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

    ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा

    चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

    सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का…

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ…

    नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑