सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली महिला क्रिकेट इतिहासमा एक नयाँ अध्याय लेखिएको छ। आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रीय छनोटको सुपर ३ चरणमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपालले पहिलो पटक टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।
थाइल्याण्डको राजधानी बैंककमा आज सम्पन्न भएको सुपर ३ चरणको खेलमा, नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक जित हात पार्यो। टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो।
जवाफमा नेपालले १९.३ ओभरमा मात्र ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन नटआउट रहँदै टोलीलाई जितसम्म पु¥याउन निर्णायक भूमिका निभाइन्। अन्य योगदानदाताहरूमा रुबिना क्षेत्री (२३), सम्झना खड्का (२१), र पूजा महतो (१३) रन बनाए।
बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिँदै युएईको इनिङ्स थामिन्। कविता कुँवरले २ विकेट र राजमती ऐरीले १ विकेट लिइन्।
युएईका लागि कप्तान इशा ओजाले ३९ रन, तीर्था शतीशले २१ र हिना होतचन्दानीले २० रन बनाए।
सुपर ३ चरणबाट नेपाल र आयोजक थाइल्याण्डले शीर्ष दुई स्थान हात पार्दै विश्वकपको ग्लोबल छनोटका लागि छनोट भएका छन्। अब दुवैबीचको अन्तिम खेल केवल प्रतिष्ठाको लडाइँ बन्नेछ, किनकि दुवै टोलीको स्थान पक्का भइसकेको छ।
ग्लोबल छनोटको खाका
विश्वकप ग्लोबल छनोटमा १० टोली रहनेछन्, जसमा हालसम्म ५ टोली तय भइसकेका छन्:
अब बाँकी ५ टोली यस प्रकार छानिनेछन्:
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा