• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

      २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवादको समापन

      हमास र इजरायलबीच कतारमा वार्ता, मध्यस्थता गर्दै कतार र अमेरिका

      फेसन शो मा पर्यावरणमैत्री सामग्रीबाट बनेका डिजाइनहरूको प्रदर्शन

      शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

      ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु

      एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा

      वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

      जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

      भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

      जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

      नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी

      फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

      तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

      संसद जनताहरुलाई ढाट्ने थलो बन्यो : सांसद कार्की

    होमपेज / अन्य

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ५, आईतबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५८ पटक पढिएको
  • काठमाडौँ ।  ‘दिए पुग्छ’ मेरो तेस्रो कृति हो । ‘संभव छ’, ‘नेपालमै सकिन्छ’ पछि तेस्रो कृतिमा रुपमा ‘दिए पुग्छ’ बजारमा आएको हो । पुस्तकहरु विशेषगरी सत्यकथामा आधारित कथाहरु मात्रै लेखिरहेको छु । पुस्तकमा वास्तविक पात्रहरु हुनुहुन्छ । र बास्तविक पात्रहरुका वास्तविक कथाहरु समेट्ने प्रयास गरेको छु । ‘सम्भव छ’ उद्यमशिलतासँग सम्बन्धित पुस्तक हो । ‘दिए पुग्छ’ चाहीं सेवा भावसँग सम्वन्धित छ । म आफूपनि वास्तविक पात्रका विषय पढ्न रुचाँउछु ।

    मान्छेहरुलाई लाग्नसक्छ मैंले धेरै पुस्तकहरु पढ्छु भन्ने ।  तर पुस्तक भन्दापनि वास्तविक घटना पढ्न रुचाउँछु । समाज पढ्न रुचाउँछु । समाजभित्र भएका मनिससँग बोल्न रुचाउँछु । तीन जना वा चार जनासँग बोल्नु भनेको एक पुस्तक पढ्नु बराबर हो । म हरेक किसिमका व्यक्तिहरुसँग गफ गर्न रुचाउँछु । किनकि उहाँहरुसँग धेरै कथाहरु हुन्छन् । सडकमा सुत्ने सबै रक्सी खाएर सुतेका हुँदैनन् । कोही थकाइले सुतेका हुन्छन्, कोही विरामी भएर सुतेका हुन्छन् । त्यसैले सबैको सोच बदल्न आवश्यक छ ।  जब म कुनै पात्रको कथा लेख्छु लेखेर सकिएपछि लेखकीय भनाई पनि लेख्ने गरेको छु । सबैभन्दा धेरै सन्तुष्टि मलाई लेख्दाखेरि मिल्ने गरेको छ ।

    मेरो नयाँ पुस्तक ‘दिए पुग्छ’को सार भनेको धन–सम्पत्ति दिने हो कि, धनी मान्छेले केही दिने हो कि जस्तो लाग्ने रहेछ । तर पुस्तकबाट मंैले दिन खोजेको सन्देश चाहीं के हो भने मानिस कोही अपाङ्ग हुन्छ, कोही मानसिक रोगी हुन्छ, कोहि गरिब हुन्छ, यि सबै मानिसको जीवनस्तर बदल्नको लागि सहारा, आँट, हौसला दिए पुग्छ भन्न खोजेको हो । मान्छेहरुलाई साथ दिनुपर्छ, माया र हौसला दिनुपर्छ भनेको हुँ । कसैलाई यि सबैकुरा दिंदा कोही रित्तिएर जाँदैन भन्न खोजेको हो । तर पाठकहरुले के कसरी बुझ्नुहुन्छ त्यो फरक कुरा हो ।

    पुस्तक पढ्दै जाँदा एकदमै कहालीलाग्दा कहानीहरु भेटिन्छन् । जो वास्तविक कथाहरु हुन् । मान्छे कस्तो अवस्थाबाट कस्तो अवस्थासम्म पुग्नसक्छ भन्ने कुरा यस पुस्तकबाट पाउन सकिन्छ । यस्ता कथाहरु पढ्दैगर्दा त्यस्ता कहालीलाग्दा घटना बदल्नेहरु पनि भेटिन्छन् । जस्तै सडकमा भेटिएका मान्छेलाई कसैले दिएको साथ सहयोग र हौसलाले जीवन बदलिसकेको कथा पुस्तकमा छ । घरवारविहीन भएर सडकमा बसेकाहरुको घर परिवारसम्म पुगेको र उनीहरुलाई छाडेर जानुभएका अधुरा कार्यहरु छन् । ती कार्यहरुलाई हामीले दृढतापूर्वक अगाडि बढाउनपर्ने आजको आवश्यकता पुस्तमा समेटिएको छ ।

    ‘दिए पुग्छ’मा त्यस्ता कहानीहरु पनि छन् जहाँ समाजले जड्याहा, बेबारिसरे जस्ता नाम दिएका हुन्छन् । उनीहरुको कथा छ । र कसैलाई दुव्र्यसनबाट वाहिर आउन मन छ समाजले निस्कन दिइरहेको छैन । तर कसैले दिएको साथ सपोर्टले गर्दा माथिल्लो तहमा पुग्न सकेकाहरुको डरलाग्दा कहानीपनि यसमा समेटिएको छ ।

    परिवारिक घटना कसलाई पो नपर्ला । एक जना यस्तो पात्रको घटना पनि छ तीन छोरा मध्ये दुई छोराको आकस्मिक निधन भएको हुन्छ र एक छोरा आफू र श्रीमतीको मात्र परिवार बाँचेको परिवार सिध्याउछु भनेर हिडेको व्यक्ति पनि बाँचेर राम्रो गरेको कहानी समेत छ । कसैको कहानी लेख्दा त म पटक पटक भक्कानिएको छु ।

    पुस्तक लेखिसकेपछि पाठकहरुले दिएको प्रतिक्रिया नै लेखकका लागि उपज हो । त्यसलाई शिरमा राखेको हिडेको छु । पुस्तक लेखेर कतै अन्याय त गरिन भन्ने पनि लाग्छ । पुस्तक पढेपछि बनाएको पासपोर्टको काम छैन भनेर फालेको घट्नाहरु पनि छन् । लेखेकै कारणले कोही कसैले म अव विदेश जान्न भनेर निर्णय लिनु वा निर्णय लिदैगर्दाका क्षण वा अन्य घटनाक्रममहरुले कता कता मलाई पनि सोचमग्न बनाउछ ।

    ‘दिए पुग्छ’ पुस्तक सात वर्ष अगाडि प्रकाशित भइसक्नुपर्ने थियो । विविध कारणले ढिला भयो । यो पुस्तक लेखिसकेपछि पाठकहरुका प्रतिक्रियाहरु आँसुका रुपमा व्यक्त भएका छन् । कतिपय विदेशमा रहेका पाठकहरुले पढिरहनु भएको कुरा सन्देश पठाउनुभएको छ । रुँदै पुस्तक पढेको कुराहरु दर्शाउनु भएको छ । एकजना पत्रकार मित्र नरेन्द्र रौलेत सँगै यात्राका क्रममा रुनु नै भयो । यसरी रुनुभयो कि म आफूलाई सम्हाल्न सकिन । त्यसबेला मलाई लाग्यो कि म के लेखिराखेको छु भन्ने प्रश्न आफैंलाई तेर्साइरहेको छु । पुस्तकका पात्र र कथाहरुले कसलाई केले छुन्छ, कसलाई के ले छुन्छ भन्नै नसकिने रहेछ । धेरैको प्रतिक्रिया आँशुकै माध्यमबाट पाइरहेको छु ।

    सबै प्रतिक्रियाहरु पढ्दा र सुन्दा उप्रेरित गरिरहेको छु कि उत्पिडित बनाइरहेको छु भन्ने पनि लाग्छ । ‘दिए पुग्छ’ले पाठकहरुको आँशु बगाएको छ, त्यो आँशु आउने कुरा सामान्य पनि होइन् । आँशु पढेर आउने भन्ने सामान्य कुरा होइन नि । केही कुराले मान्छेलाई छुन्छ, छोएर सोच्न बाध्य बनाउँछ । त्यसपछि म कहाँ रहेछु, मैले कसलाई के दिएछु र मैले के गर्नुपर्छ भन्ने खालको आत्मवल भित्रैदेखि आउँछ होला । जे होस पाठकहरुको प्रतिक्रियाले म उत्साहित छु । भावुक पनि छु । एकदमै सोचमग्न छु । अब के लेख्नेहोला भन्ने सोच पलाइसकेको छ ।

    पुस्तक पढ्ने संस्कृति घट्दै गएकोमा दुःख पनि लाग्छ । आज भन्दा १० बर्ष अगाडि पुस्तकको जुन माग थियो अहिले छैन् । त्यसको मुख्य कारण भनेको सामाजिक सन्जाल नै हो । हाम्रो समाजले अहिलेको नकारात्मक कुराहरु मात्र रुचाउने गरेको छ । हाम्रा नेताहरु पहिला जति किताब पढ्थे अहिले पढ्दैनन् । एक अर्कालाई आरोप प्रत्यारोप लगाएर बस्छन् । तर पुस्तक पढे राम्रो हो । समाज नकारात्मक कुरामा धकेलिएको कारणले नै मानिसहरुमा वितृष्णा पैदा गराएको छ । यसलाई सकरात्मकतर्फ लैजान किताब पढ्नपर्छ अनि समाज सुध्रिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    वीरगंजमा जसपा नेपालको खबरदारी सभा, संघर्षका कार्यक्रम सार्वजनिक

    उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

    सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

    २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवादको समापन

    हमास र इजरायलबीच कतारमा वार्ता, मध्यस्थता गर्दै कतार र अमेरिका

    फेसन शो मा पर्यावरणमैत्री सामग्रीबाट बनेका डिजाइनहरूको प्रदर्शन

    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

    जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

    मखन आगलागी र क्षतिको कारण पत्ता लगाउन छानबिन समिति बनाउन उपप्रमुख डंगोलको निर्देशन

    ज्ञानेन्द्र शाहीको आरोपः सरकार आम नागरीकको हत्या गर्न थाल्यो

    माझी समुदायको सक्रियता : नदीबाट बस्ती जोगाउन गाउँ नै उठेर श्रमदान

    आज तीनवटा समितिको बैठक बस्दै

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    आज २०८२ वैशाख २८ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

    आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

    कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड

    पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार सहयोग

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    जेठ दोस्रो साता कोटिहोममा कथा वाचिका राधिका दासी आउने

    आर्थिक

    आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑